२ माघ २०८१, बुधबार | January 15, 2025

सिद्धबाबा डाँडा काटेर त्यहीँबाट सडक लैजाने प्रस्ताव आएपनि पहाड काटिदैन : अर्थमन्त्री पौडेल



काठमाडौं । लुम्बिनी प्रदेश सरकारले सिद्धाबाबाको डाँडा काटेर सडक बनाउने प्रस्ताव संघीय सरकारमा पठाउँदै आफ्नो नीति तथा कार्यक्रममा डाँडा काट्ने योजनालाई प्रमुखता दिएपनि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाल्पाको सिद्धबाबा पहाड कुनै पनि हालतमा नकाटिने बताएका छन् ।

बुधबार नेपाल वातावरण पत्रकार समूहले ढुंगा, गिट्टी र वालुवाको निर्यात गर्ने नीति कति जायज भन्ने विषयमा गरेको अन्तर्क्रियामा बोल्दै उपप्रधानमन्त्री पौडेलले सिद्धबाबा उत्खनन गर्ने र डाँडा सम्माएर सडक बनाउने कुरामा सत्यता नभएको बताएका हुन् । उनले सिद्धबाबा पहाडमा पर्यावरणीय संरक्षण र प्राकृतिक प्रकोपका कारण भइरहेको मानवीय क्षति रोक्न सुरुङमार्गको अवधारणा ल्याईएको बताउँदै सुरुङमार्ग बाहेक अन्य कुनै कार्य नहुने बताए । पौडेलले सिद्धबाबा डाँडा काटेर त्यहीँबाट सडक लैजानुपर्छ भनेर प्रस्ताव आएको भने स्वीकार गरे ।

‘डाँडा सम्याएर बाटो लगौं भन्ने प्रस्तावको सख्त विरोध गर्ने मै हुँ, मेरै प्रस्तावमा सिद्धबाबा काट्न लागियो भनेर प्रचार गरिएको छ ।’ उनले भने, ‘पहाडको संरक्षण गर्दै यातायात सहज बनाउन आफ्नो पहलमा सिद्धबाबामा सुरुङ मार्ग निर्माण अगाडि बढेको हो ।’

सिद्धबाबा सुरुङमार्ग मुलुककै आधुनिक सुरुङमार्ग मध्यको दोस्रो आयोजना भएको उपप्रधानमन्त्री पौडेलले दाबी गरे ।

बजेट बक्तब्यको १९९ को विरोध गरिरहेकाहरुलाई एक पटक बजेट बक्तब्य पढ्न आग्रह गर्दै उनले आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यको बुँदा नम्बर १९९ मा चुरे उत्खननको विषय नरहेको स्पष्ट पारे । उपप्रधानमन्त्री पौडेलले विज्ञहरुलाई आफ्नो कुरा पत्याउन आग्रह गर्दै चुरेको दोहन रोक्नका लागि वैकल्पिक उपायबाट वातावरणीय प्रभाव अध्ययनपछि उपयुक्त ठहर भएका ठाउँमा मात्र उत्खनन गर्ने योजना रहेको बताए ।

‘चुरेबाट एक डोको बालुवा पनि निकाल्न सरकारले दिँदैन’ उनले भने, चुरे तराइको जनजीवनसँग गाँसिएको छ । चुरे बिनासका कारण क्षतिबाट हुने पीडा आफूले समेत महसुस गरेको पौडेलको भनाई छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  १ : ०० बजे

प्रीति आत्रेय ज्ञवालीको मणिराम लोकार्पण

बुटवल । नेपालकै पहिलो महिला राशिफल लेखिका तथा स्तम्भकार प्रीति

सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा विगतको तुलनामा विपद् प्रतिकार्यमा

इन्टलेक्च्युअल स्कुलमा खेल सप्ताह शुरू

बुटवल । बुटवल ११ कालिकानगर भुवनसिङमार्गमा रहेको इन्टलेक्च्युअल स्कुलमा बुधबारदेखी

रवि लामिछानेले बुझाए प्रभु बैंककाे ‘बैंक ग्यारेन्टी’, केही बेरमा रिहा हुदैँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरौटीबापतको रकम बुझाएका

भूमिसबन्धी अध्यादेशमा बालेन शाहको व्यंग्य

काठमाडौं । सरकारले भूमिसबन्धी अध्यादेश लागु गरे पछि क्रिया प्रतिक्रिया