१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

सिद्धबाबा डाँडा काटेर त्यहीँबाट सडक लैजाने प्रस्ताव आएपनि पहाड काटिदैन : अर्थमन्त्री पौडेल



काठमाडौं । लुम्बिनी प्रदेश सरकारले सिद्धाबाबाको डाँडा काटेर सडक बनाउने प्रस्ताव संघीय सरकारमा पठाउँदै आफ्नो नीति तथा कार्यक्रममा डाँडा काट्ने योजनालाई प्रमुखता दिएपनि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाल्पाको सिद्धबाबा पहाड कुनै पनि हालतमा नकाटिने बताएका छन् ।

बुधबार नेपाल वातावरण पत्रकार समूहले ढुंगा, गिट्टी र वालुवाको निर्यात गर्ने नीति कति जायज भन्ने विषयमा गरेको अन्तर्क्रियामा बोल्दै उपप्रधानमन्त्री पौडेलले सिद्धबाबा उत्खनन गर्ने र डाँडा सम्माएर सडक बनाउने कुरामा सत्यता नभएको बताएका हुन् । उनले सिद्धबाबा पहाडमा पर्यावरणीय संरक्षण र प्राकृतिक प्रकोपका कारण भइरहेको मानवीय क्षति रोक्न सुरुङमार्गको अवधारणा ल्याईएको बताउँदै सुरुङमार्ग बाहेक अन्य कुनै कार्य नहुने बताए । पौडेलले सिद्धबाबा डाँडा काटेर त्यहीँबाट सडक लैजानुपर्छ भनेर प्रस्ताव आएको भने स्वीकार गरे ।

‘डाँडा सम्याएर बाटो लगौं भन्ने प्रस्तावको सख्त विरोध गर्ने मै हुँ, मेरै प्रस्तावमा सिद्धबाबा काट्न लागियो भनेर प्रचार गरिएको छ ।’ उनले भने, ‘पहाडको संरक्षण गर्दै यातायात सहज बनाउन आफ्नो पहलमा सिद्धबाबामा सुरुङ मार्ग निर्माण अगाडि बढेको हो ।’

सिद्धबाबा सुरुङमार्ग मुलुककै आधुनिक सुरुङमार्ग मध्यको दोस्रो आयोजना भएको उपप्रधानमन्त्री पौडेलले दाबी गरे ।

बजेट बक्तब्यको १९९ को विरोध गरिरहेकाहरुलाई एक पटक बजेट बक्तब्य पढ्न आग्रह गर्दै उनले आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यको बुँदा नम्बर १९९ मा चुरे उत्खननको विषय नरहेको स्पष्ट पारे । उपप्रधानमन्त्री पौडेलले विज्ञहरुलाई आफ्नो कुरा पत्याउन आग्रह गर्दै चुरेको दोहन रोक्नका लागि वैकल्पिक उपायबाट वातावरणीय प्रभाव अध्ययनपछि उपयुक्त ठहर भएका ठाउँमा मात्र उत्खनन गर्ने योजना रहेको बताए ।

‘चुरेबाट एक डोको बालुवा पनि निकाल्न सरकारले दिँदैन’ उनले भने, चुरे तराइको जनजीवनसँग गाँसिएको छ । चुरे बिनासका कारण क्षतिबाट हुने पीडा आफूले समेत महसुस गरेको पौडेलको भनाई छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  १ : ०० बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित