७ पुस २०८२, सोमबार | December 22, 2025

बाँके र रुपन्देहीको कोरोना कहर नियन्त्रणउन्मुख, बाँकेका १७ र रुपन्देहीमा ४८ संक्रमित थपिए



बुटवल । कोरोना महामारीको दोस्रो लहरमा संक्रमित थपिने होडमा प्रतिस्पर्धा गरिरहेका लुम्बिनी प्रदेशका बाँके र रुपन्देहीले कोरोना संक्रमण घट्ने क्रममा पनि प्रतिस्पर्धा गरिरहेको छ ।

पछिल्लो २४ घण्टामा बाँकेमा थपिएका संक्रमितहरुको संख्या १७ जनामा सिमित हुँदा रुपन्देहीमा पनि ४८ जनामा सिमित हुन पुगेको छ । बाँकेमा २५८ नमुना परीक्षण गर्दा जिल्ला भित्रका १७ जनामा मात्र संक्रमण पुष्टि भएको छ भने रुपन्देहीमा ४९७ नमुना परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

बाँकेका ३ वटा पपीसीआर ल्यावमा २५८ नमुना परीक्षण भएकोमा जिल्ला बाहिरका ३२ जना र बाँकेका १७ जनामा संक्रमणि पुष्टि भएको छ भने रुपन्देहीमा ४९७ नमुना परीक्षण गर्दा ४८ जनामा संक्रमिण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा बाँकेमा जिल्ला बाहिरका २ सहित ४ जना र रुपन्देहीमा १ जनाको उपचारका क्रममा मृत्यु भएको छ । सोही अवधीमा बाँकेमा २६ जना डिस्चार्ज भएका छन् भने रुपन्देहीमा १७३ जना डिस्चार्ज भएका छन् ।

बाँकेमा सक्रिय संक्रमितको संख्या जिल्ला बाहिरका १७३ र जिल्ला भित्रका २८८ रहेको छ भने रुपन्देहीमा १०७६ सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ६ : १४ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८