१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कर्णालीपछि प्रदेश २ सरकारमा कांग्रेसको इन्ट्री, ३ मन्त्रीले आजै सपथ लिने



जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ सरकारमा सहभागी हुनेभएको छ । कर्णाली प्रदेश सरकारमा सहभागी भएको केहीदिनभित्रै कांग्रेस प्रदेश २ सरकारमा पनि सहभागी हुनलागेको हो ।

सरकारमा सहभागिताको विषयमा बुधबार जनता समाजवादी पार्टी जसपा र कांग्रेसबीच सहमति भएको छ ।
जसपाको तर्फबाट मुख्यमन्त्री तथा संसदीय दलका नेता लालबाबु राउत र काँग्रेसको तर्फबाट संसदीय दलका नेता राम सरोज यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा लोकतन्त्र, संघीयता, समावेशी समानुपातिक र प्रादेशिक अधिकारको संरक्षण र सम्बर्द्धन तथा सुदृढिकरण गर्न लालबाबु राउत नेतृत्वको सरकारमा कांग्रेसको प्रदेश २ संसदीय दलका नेताको रामसरोज यादवको नेतृत्वमा सहभागी हुने उल्लेख छ ।

कांग्रेसले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको छ । कांग्रेसबाट संसदीय दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार, ओमप्रकाश शर्मा उर्जा र वीरेन्द्र सिंहले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नेभएका छन् ।

तीनै जनाले आजै नियुक्ति लिई सपथ समेत लिने बताइएको छ ।

जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्ष संघमा केपी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि जसपामा विभाजन आएको छ । त्यसलगत्तै जसपाको उपेन्द्र यादव पक्षको बहुमत रहेको प्रदेश २ संसदीय दलले मुख्यमन्त्री लालबाबु राउतलाई दलको नेतामा चयन गरेको थियो भने राउतले ठाकुर पक्षका चार मन्त्रीलाई बर्खास्त गरेका थिए ।

ठाकुर पक्ष सरकारको विपक्षमा गएसँगै कांग्रेसको सरकारमा इन्ट्रि भएको छ । यससँगै प्रदेश २ सरकारले स्थायित्व पाउने भएको छ ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ६ : ३७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा