१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

कर्णालीपछि प्रदेश २ सरकारमा कांग्रेसको इन्ट्री, ३ मन्त्रीले आजै सपथ लिने



जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ सरकारमा सहभागी हुनेभएको छ । कर्णाली प्रदेश सरकारमा सहभागी भएको केहीदिनभित्रै कांग्रेस प्रदेश २ सरकारमा पनि सहभागी हुनलागेको हो ।

सरकारमा सहभागिताको विषयमा बुधबार जनता समाजवादी पार्टी जसपा र कांग्रेसबीच सहमति भएको छ ।
जसपाको तर्फबाट मुख्यमन्त्री तथा संसदीय दलका नेता लालबाबु राउत र काँग्रेसको तर्फबाट संसदीय दलका नेता राम सरोज यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा लोकतन्त्र, संघीयता, समावेशी समानुपातिक र प्रादेशिक अधिकारको संरक्षण र सम्बर्द्धन तथा सुदृढिकरण गर्न लालबाबु राउत नेतृत्वको सरकारमा कांग्रेसको प्रदेश २ संसदीय दलका नेताको रामसरोज यादवको नेतृत्वमा सहभागी हुने उल्लेख छ ।

कांग्रेसले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको छ । कांग्रेसबाट संसदीय दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार, ओमप्रकाश शर्मा उर्जा र वीरेन्द्र सिंहले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नेभएका छन् ।

तीनै जनाले आजै नियुक्ति लिई सपथ समेत लिने बताइएको छ ।

जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्ष संघमा केपी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि जसपामा विभाजन आएको छ । त्यसलगत्तै जसपाको उपेन्द्र यादव पक्षको बहुमत रहेको प्रदेश २ संसदीय दलले मुख्यमन्त्री लालबाबु राउतलाई दलको नेतामा चयन गरेको थियो भने राउतले ठाकुर पक्षका चार मन्त्रीलाई बर्खास्त गरेका थिए ।

ठाकुर पक्ष सरकारको विपक्षमा गएसँगै कांग्रेसको सरकारमा इन्ट्रि भएको छ । यससँगै प्रदेश २ सरकारले स्थायित्व पाउने भएको छ ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ६ : ३७ बजे

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ