७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावना



लन्डन । बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावना बढदै गएको बताइएको छ ।

जनसंख्याको करिब २७९ प्रतिशतलाई कोरोना परिक्षण गरिसक्दा पनि बेलायतमा सङ्क्रमण दर बढेको देखिएको छ । हाल बेलायतको जनसंख्याको हिसाबबाट १० लाखमा करिब १०० जनामा कोरोना सङ्क्रमण देखिन थालेको छ ।

सरकारको सल्लाहकार समेत रहेका एकजना वैज्ञानिकका अनुसार यसै क्रममा बढ्दै जाने हो भने बेलायत कोभिड १९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन् । बृटिश प्रजातिका नयाँ सङक्रमितहरु थपिने क्रम जारी नै रहेकोले त्यस्तो अवस्था आएको क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताएका हुन् ।

बेलायतमा गत २४ घण्टामा ६ हजार ४९ जना कोरोना सङ्क्रमित भेटिएका छन् । बेलायतमा देखा परिरहेका सङक्रमितहरुको संख्या थोरै देखिए तापनि बेलायतकै दरमा भारतमा यसैगरी सङ्क्रमित भेटिने हो भने एक दिनमा करिब १ लाख ४० हजार हुन्छ ।

यसैगरी विश्वका अन्य मुलुक ब्राजिलमा २१ हजार ३९० जनामा, अमेरिकामा ३३ हजार २०० जनामा, नेपालमा ३ हजार जनामा, नाइजेरियामा २१ हजार ११० जनामा, अष्ट्रेलियामा २ हजार ५७८ जनामा दैनिक रुपमा कोरोना सङ्क्रमण देखिनु हो ।

करिब करिब कोरोना सङ्क्रमणलाई नियन्त्रणमा लिएको बेलायतमा हाल देखा परेको यस सङ्क्रमण दरले विश्वलाई हेर्ने हो भने एक दिनमा कोरोना सङ्क्रमण संख्या ७ लाख ८७ हजार १४५ जना हुने देखाउँछ ।

प्राध्यापक गुप्ताका अनुसार बेलायतमा देखिएका कोरोना सङ्क्रमितको संख्या अहिलेको लागि थोरै जस्तो लाग्छ तर पछि गएपछि यी संख्या पनि धेरै नै हुदै जानेछन् । शुरुमा देखिँदा जुनसुकै भेरिएन्ट पनि सानो संख्यामा नै देखा परेका थिए र अब तिनै सानोबाट नै धेरैमा फैलिन सक्ने अवस्था हिजोको जस्तो हुन पनि सक्छ उनले भनेका छन् ।

बेलायतमा दुई महिना अघि भेटिएको भनिएको कोभिड-१९ को बृटिश भेरिएन्टलाई निकै खतरानाक भनिएको छ । सिन्ह्वा

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ८ : २५ बजे

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा