१० चैत्र २०८२, मंगलबार | March 24, 2026

कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको अवरोध हट्यो



कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको सुन्दर नगरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीयबीच बढेको विवाद तत्कालका लागि समाधान गरिएको छ । दुवै देशको सीमावर्ती जिल्लाका प्रशासनिक र सुरक्षा अधिकारीको संयुक्त छलफलबाट बुधबार विवाद समाधान गरिएको हो ।

भारतीय एसएसबीले सुन्दर नगरस्थित नारायण अधिकारीलाई बेसार खेती लगाउन नदिएपछि स्थानीयसित विवाद बढेको थियो । विवाद बढेपछि सीमावर्ती क्षेत्रमा तनाव उत्पन्न हुने चिन्ता बढेको थियो । सीमामा तनाव बढेपछि सुरक्षा अधिकारीले भारतीय एसएसबीसित छलफलका लागि पहल गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर ऐर र एसएसबीका अधिकारीले सुन्दर नगरमा छलफल गरी विवाद हल गरेका हुन् । बैठकमा दोधारा-चाँदनी नगरपालिकाका प्रमुख वीरबहादुर सुनारसहित जनप्रतिनिधि पनि सहभागी रहेका थिए ।

छलफलमा एसएसबीले तत्काल अधिकारी परिवारलाई बेसार लगाउन अवरोध नगर्ने सहमति गरेको छ । दुई पक्षबीच सहमति भएपछि विवाद तत्कालका लागि टरेको छ । एसएसबीले अधिकारी परिवारले बेसार खेती लगाउँदै आएको क्षेत्र दशगजा क्षेत्रमा पर्ने दाबी गरेको छ । अधिकारी परिवारले भने जग्गाधनी पुर्जा भएर खेतीपाती गर्दैै आएको बताएका छन् ।

गत वर्ष सीमा क्षेत्रमा रहेका दुवै देशका नागरिकलाई दशगजा क्षेत्र छाडेर खेती गर्न दिने सहमति भए पनि भारतीय एसएसबीले सीधै नेपालीको खेतमा आएर अवरोध गर्ने कार्य गर्दै आएको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट दोधारा-चाँदनीका सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर बोहराले दुई देशीय छलफलमा एसएसबीले तत्काल बेसार खेती लगाउन दिन सहमत भएको बताए ।

यसअघि पनि एसएसबीले अधिकारी परिवारलाई खेतीपाती गर्न अवरोध गरेको थियो । दुई वर्षअघि सुन्दर नगरमा दसगजाको बाटो प्रयोगसम्बन्धी विवादलाई दिएर तनाव उत्पन्न भएको थियो ।

यसैगरी, भीमदत्त नगरपालिका-९ ब्रम्हेदमा निर्माण भइरहेको बाह्य चक्रपथ स्थित कल्भर्ट निर्माण र बेलौरी नगरपालिकाको भुडामा हुलाकी राजमार्गमा कालोपत्रे गर्ने कार्यमा समेत भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ८ : ५० बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११