२२ बैशाख २०८१, शनिबार | May 4, 2024

भारतीय प्रहरीबाट डेढ किलो चरेससहित रुकुमका भीम रोका पक्राउ



नेपालगन्ज । भारतीय अर्ध सैनिक बल एसएसबी ४२ औँ टोलीले डेढ किलो चरेससहित एक नेपालीलाई पक्राउ गरेको छ । सशस्त्र सीमा बल, बहराइचको डिप्टी कमाण्डेन्ट अप्रेशनको बोर्डर पोष्ट निबियाबाट प्राप्त सूचनाका आधारमा एसएसबी ४२ औँ टोलीले चरेस सहित एकजना नेपालीलाई पक्राउ गरेको हो ।

एसएसबी र रुपईडिहा प्रहरीको संयुक्त गस्तीका क्रममा भारतीय भूभागमा रहेको बोर्डर पोस्ट नं ६५१/०४ बाट रुकुमका भीमबहादुर रोकालाई पक्राउ गरिएको हो । रोकाले काँधमा झोला बोकेर गइरहेको अवस्थामा प्रहरीलाई देख्नासाथ खोज्दा गस्ती टोलीले पक्राउ गरेको हो ।

४२ औँ सशस्त्र सीमा बल बहराइच–१ का कार्यवाहक कमाण्डेन्ट राज रञ्जनले पक्राउ परेका रोकालाई आवश्यक कारबाहीका लागि बहराइच चलान गरिएको बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ५ : २० बजे

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज

नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं खेल आज हुँदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा

मुम्बईमाथि कोलकोता २४ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हुरीबतासको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन