१७ बैशाख २०८१, सोमबार | April 29, 2024

निषेधाज्ञाको समयमा २०० लैङ्गिक हिंसा



काठमाडौं । कोरोना सङ्क्रमणका कारण सरकारले गरेको निशेषधाज्ञाको एक महिनामा देशभर २०० लैङ्गिक हिंसाका घटना भएका छन् ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाको एक महिनामा महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले गरेको अनुसन्धानमा २०० लैङ्गिक हिंसाका घटना भएका हुन् ।

केन्द्रका अनुसार लैङ्गिक हिंसाका २०० घटनामध्ये २४ प्रतिशत अर्थात् (४७ जना) महिला तथा बालबालिकामाथि यौनिक हिंसाका घटना घटेका छन् । केन्द्रका कार्यकारी निर्देशक लुभराज न्यौपानेले सिङ्गो मुलुक कोरोना महामारीतर्फ लक्षित भइरहँदा महिला तथा बालबालिकामाथि हत्या, यौनशोषण र बलात्कारजस्ता घटना घटिरहेको बताए ।

केन्द्रका अनुसार यसै सातामात्र तीन वटा यौनजन्य हिंसाका घटना भएका छन् । सुर्खेतको गुर्भाकोट गाउँपालिका-९ मा एक किशोरीमाथि मञ्जुरीबिना मदिरा सेवन गरी यौन दुव्र्यवहार गरेको, बाँकेकी २२ वर्षीया महिलाको दाइजोमा मोटरसाइकल नपाएको निहुँमा परिवारकै सदस्यबाट हत्या भएको घटना छन् ।

यस्तै लमजुङको राइनास नगरपालिका-९ मोहोरियास्थित विद्यालयमा अध्यापन गर्ने शिक्षकले १४ वर्षीय एक किशोरीलाई पटकपटक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । उक्त घटनालाई कमजोर बनाउन किशोरीलाई नै विभिन्न लाञ्छना लगाएर दोषी देखाई प्रहरीमा समेत उजुरी दर्ता गर्न अवरोध आएको केन्द्रले जनाएको छ ।

महिला र बालबालिकामाथि विभिन्न समयमा लैङ्गिक तथा यौन हिंसा भए पनि घटनालाई लुकाउनका लागि अनेक बहाना देखाउँदा न्याय प्राप्तिमा समस्या देखिएको सो केन्द्रले जनाएको छ ।

गम्भीर प्रकृतिका मानव अधिकार हननका घटना दर्ता, अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाई महिलाको मानव अधिकारको सम्मान र संरक्षण गर्दै हिंसा प्रभावितको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न ओरेकले सम्बन्धित निकायसँग आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ७ : ५७ बजे

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा