१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

पाइलट रमेश श्रेष्ठद्धारा चेपाङ गाउँमा राहत वितरण



धादिङ । तिन महिनादेखि अनिकाल र भोकमरीमा परेका धादिङको बेनिघाटरोराङ गाउँपालिका-८ स्थित चेपाङ बस्तीमा आज राहत वितरण गरिएको छ ।

यति एयरलाइन्सका पाइलट क्याप्टेन रमेश श्रेष्ठको पहलमा सो गाउँका १२० परिवारलाई स्थलमै पुगेर चामल दाल, नुन र तेल वितरण गरिएको हो ।

सो गाउँमा खानेकुरा अभावपछि कोही जंगलमा गिट्ठा खोज्न जाने, कोही खोलातिर माछा मार्न जाने तथा कोही टाँकीको मुन्टा र सिस्नु टिपेर छाक टार्न बाध्य भएको समाचार यही जेठ २२ गते राससमा सम्प्रेषण भएको थियो । समाचार पढेर सहयोगीहरुबाट खाद्यान्न संकलन गरी वितरणका लागि ल्याइएको क्याप्टेन श्रेष्ठले बताए ।

गत वर्षको बन्दाबन्दीको समयमा पनि श्रेष्ठको पहलमा विभिन्न विमान चालक र समाजसेवीको सहयोगमा काठमाडौंमा विभिन्न स्थानका मजदुरलाई करीब रु ३५ लाख बराबरको राहत वितरण भएको थियो ।

कार्यक्रममा नेपाल चेपाङ चेपाङ सङ्घ, धादिङका अध्यक्ष भीमबहादुर चेपाङ, वडाध्यक्ष वीरबहादुर श्रेष्ठलगायतले राहत वितरण गर्दै गाउँपालिकाले समेत चेपाङ गाउँमा खाद्यान्न वितरण गरेको र दाताहरुको सहयोगले स्थानीय सरकारलाई सहयोग पुगेको बताए ।

कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण मजदुरी गर्न जाने अवस्था नभएको र घरमा खाने अन्न समेत नभएपछि गाउँबासी तिनचार दिनमा एक छाक खोले वा ढिँडो खाने गरेको अध्यक्ष चेपाङको भनाइ छ ।

गाउँपालिकाले वर्षभरी आफ्नो उत्पादनले खान नपुग्नेका लागि उचित व्यवस्थाको योजना बनाउन नसकेकोले यस किसिमको अवस्था आएको चेपाङ अगुवाहरुले जनाएका छन् ।

सो वडाभरमा ३ सय ५० चेपाङ परिवारले गिठ्ठा, टाँकी, सिस्नुको सागले गत चैतदेखि साउनसम्म छाक टार्ने गरेको वडाध्यक्ष श्रेष्ठले बताए । गत वर्ष महामारीकै कारण रसायनिक मल अभाव हुँदा चेपाङहरुले मकैमा मलसमेत हाल्न पाएका थिएनन् ।

मल नहालेका कारण मकै उत्पादन कम भयो । यस वर्ष पनि मल ल्याउन नसकेपछि अर्को वर्ष झनै समस्या हुने अवस्था रहेकाले गाउँपालिकाले यसतर्फ ध्यान दिएर पहल गर्नुपर्ने अध्यक्ष चेपाङको भनाइ छ । रासस

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ९ : २८ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित