११ चैत्र २०८२, बुधबार | March 25, 2026

अर्घाखाँचीमा जीप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु



अर्घाखाँची । अर्घाखाँचीकाे भुमिकास्थान नगरपालिकामा ९ तारिकेमा जीप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

सन्धिखर्क बाट दाना लिएर गएको लु १ च ६१६८ नम्बरको डबल क्याप जिप डेबामा दाना छोडेर चालक आफ्नो घर बसन्तपानीमा फर्कदै गर्दा जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा जीप चालक ३० बर्षिय राम बहादुर नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डियस्पी माधब बुढाथोकीले बताए ।

घुम्तीमा तिब्र गति भएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका ट्राफिक प्रमुख प्रहरी प्रविन आचार्यले जानकारी दिए ले बताए ।

गाडी सडकबाट करिब ४० मिटर तल खसेको छ। गाडीमा चालक मात्रै रहेको र दुर्घटना बारे अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ९ : ५१ बजे

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक

सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर । बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो

दासत्व पीडितहरूको स्मृति दिवस आज

काठमाडौं । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित