१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

कोरोना महामारी नियन्त्रणमा नेपालको प्रयासलाई पाकिस्तानको समर्थन



इस्लामावाद । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले कोरोना भाइरसको नियन्त्रणमा नेपालले चालेका कदमप्रति समर्थन जनाएका छन् ।

इस्लामावादस्थित आफ्नै कार्यालयमा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँग छलफल गर्दै विदेशमन्त्री कुरैशीले महामारी नियन्त्रणमा नेपालले चालेका सबै कदममा समर्थन रहेको जनाएका हुन् ।

कुरैशीले कोरोना भाइरसको महामारीका कारण नेपालले व्यहोर्नुपरेको संकटमा दुःख व्यक्त गर्दै महामारीबाट ज्यान गुमाउनेहरुप्रति समवेदना प्रकट गरेको पाकिस्तानी विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसअवसरमा नेपाल र पाकिस्तान बीचको दुईपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ । विदेशमन्त्री कुरैशीले आपसी हितका सबै पक्षमा सहयोग बढाउने विषयमा धारणा राखेका थिए ।

विदेशमन्त्री कुरैशीले हालै नियुक्त परराष्ट्रमन्त्री रघुवीर महासेठलाई बधाई एवं शुभकामना समेत दिएका छन् ।

कुरैशीले कोरोना महामारीका कारण नेपालमा फसेका पाकिस्तानी नागरिकलाई उद्दार गरेर गत ३१ मे मा स्वदेश फिर्ता गर्न सहयोग गरेकोमा नेपाललाई धन्यवाद दिएका छन् ।

जवाफमा राजदूत अधिकारीले दुईपक्षीय सम्बन्धलाई अझ गहिरो बनाउने बताएका छन् । उनले कोरोना सम्बन्ध सहयोग गरेकोमा पाकिस्तान सरकारलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  १० : ०७ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग