१० चैत्र २०८२, मंगलबार | March 24, 2026

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थपिए ५६६ जना संक्रमण, ८०८ जना संक्रमण मुक्त



पोखरा । गण्डकी प्रदेशमा आज बिहिबार ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका १ हजार ६३३ जनामा गरिएको नमुना परीक्षणमा ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका नौ जिल्लाका छन् । जसमा कास्कीका ११८ जना, तनहुँका ७१ जना, गोरखाका ७८ जना, लमजुङका ५१ जना, नवलपुरका ९५ जना र स्याङ्गजाका ४७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका चार जना, बाग्लुङका ८१ जना र म्याग्दी जिल्लाका २१ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४९ हजार ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ८०८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोना मुक्त हुनेको संख्या ४१ हजार ६६१ पुगेको छ । जसमा ६ हजार ५६० सक्रिय संक्रमित छन् ।

आज गण्डकी प्रदेशमा १८ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा रुपन्देही जिल्ला बुटबल उपमहानगरपालिका-२ घर भइ हाल पोखराको मणिपाल अस्पतालमा उपचाररत २८ वर्षीय युवकसहित पोखराका सात जना, तनहुँका एक जना, गोरखाका तीन जना, नवलपुरका दुई जना जना, स्याङ्गजाका एक जना, बाग्लुङका तीन जना र म्याग्दी जिल्लाका एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८१७ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ५ : ४९ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११