७ पुस २०८२, सोमबार | December 22, 2025

मदिरा सेवन गरी चिकित्सकमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ



सुर्खेत । प्रदेश आयुर्वेद अस्पताल सुर्खेतमा कार्यरत दुई जना चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर-४ भैरवस्थान बस्ने वर्ष १६, वीरेन्द्रनगर-२ कोलडाँडाका वर्ष १७ र वीरेन्द्रनगर-४ बस्ने वर्ष १६ का किशोर छन् । उनिहरुको अन्य विवरण भने खुलाइएको छैन । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीका अनुसार सबै १८ वर्षमुनिका रहेकाले विवरण नखुलाइएको हो ।

अस्पतालका इञ्चार्ज समेत रहेका डा. शंकरप्रसाद रिजाल र डा. यादवप्रसाद उपाध्यायमाथि बिहीबार बेलुका हातपात भएको थियो । डा. रिजाल अस्पतलबाट घर जान लागेका थिए भने उपाध्याय अफिस जान लागेका थिए । उनीहरू दुबै जना एकैठाउँमा भेटिएकाले जम्काभेट भएका तीन जनाले हातपात गरेका हुन् ।

हातपात गर्नुको कारण भने खुलेका छैन । हातपात गर्नेहरूले अत्यधिक मदिरा सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ७ : ०८ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८