३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

मिनी विश्वकप अर्थात् युरोकप आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा इटली र टर्की भिड्दै



काठमाडौं । युरोपियन फुटबल महासंघ (युइएफए) को आयोजनामा हुन लागेको ‘मिनी विश्वकप’ को रुपमा परिचित युरोकपको १६ औं संस्करणको महादेशीय फुटबल प्रतियोगिता आज रातिबाट शुरु हुँदैछ ।

प्रतियोगिता आगामी जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ । प्रतियोगिता ११ देशका ११ शहरमा आयोजना हुनेछ । शुरुमा सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म प्रतियोगिता आयोजना हुने तय भएपनि कोरोना महामारीको कारण एक वर्ष पछाडि धकेलिएको थियो । एक वर्ष सारेर सन् २०२१ मा प्रतियोगिता आयोजना गर्न लागिए पनि नाम युइएफए युरो २०२० नै राखिएको छ । त्यसैले पहिलो पटक युरोकप विजोर वर्षमा हुन लागेको हो ।

प्रतियोगिताको उद्घाटन खेल आज इटालीको रोममा हुँदैछ । उद्घाटन खेलमा टर्की र इटालीबीच प्रतिस्पर्धा हुँदैछ ।

फाइनल खेल लण्डनको वेम्बली स्टेडियममा जुलाई ११ मा हुनेछ । कोरोना महामारीका कारण खेलमा सीमित दर्शकलाई मात्र प्रवेश दिइनेछ ।

प्रत्येक देशमा समूह चरणका तीन खेल र अन्तिम १६ वा क्वार्टरफाइनलको एक खेल हुनेछन् । ६ समूहका शीर्ष दुई टिम गरी १२ टिम अन्तिम १६ मा पुग्नेछन् ।

समूहमा तेस्रो हुनेमध्ये उत्कृष्ट ४ टिम पनि अन्तिम १६ मा पुग्नेछन् । समूह चरणका खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे, राति ९:४५ बजे र मध्यरात १२:४५ बजे हुनेछन् । अन्तिम १६ र क्वार्टरफाइनल खेल राति ९:४५ बजे र मध्यरात १२:४५ बजे हुनेछन् । सेमिफाइनल र फाइनल खेल मध्यरात १२:४५ बजे हुनेछ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ८ : १९ बजे

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं । पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले

कांग्रेस सभापति गगन थापाले भोलि फुलपातीको दिन शपथ लिने

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले फुलपातिको दिन शनिबार दिउँसो

दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र

मधेस प्रदेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाम । मधेस प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट

चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएसमा मात्रै ११० वृद्धि

काठमाडौं । सरकारले चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रममा ४१८ सिट