३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

विश्वकप फुटबल छनोट : आज नेपालले अष्ट्रेलियासंग सामना गर्दै



काठमाडौं । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियाको सामना गर्दैछ । खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा राति ९ः४५ बजे सुरु हुनेछ ।

नेपाल आजको खेलमा एसियाली फुटबलको पावरहाउस अष्ट्रेलियालाई रोक्ने प्रयासमा छ भने अष्ट्रेलिया सहज जितको खोजीमा छ । नेपाल विश्वकप छनोटमा अघि बढ्ने सम्भावना सकिएपनि एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने प्रयासमा छ ।

यस्तै, पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया भने नेपाललाई हराएर विश्वकपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ । खेलको पूर्वसन्ध्यामा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको लक्ष्य नतिजा भन्दा पनि राम्रो प्रदर्शन गर्ने रहेको बताएका छन् ।

जारी विश्वकप छनोट अन्तर्गत नै नेपालले सन् २०१९ मा अष्ट्रेलियासँग खेलेको थियो । जसमा नेपाल ५-० ले पराजित भएको थियो । अष्ट्रेलियाले समूह चरणको ६ खेलमा शत प्रतिशत जितको नतिजासाथ १८ अंक जोडेको छ । यता नेपाल ६ अंकसहित चौथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ८ : ५२ बजे

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं । पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले

कांग्रेस सभापति गगन थापाले भोलि फुलपातीको दिन शपथ लिने

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले फुलपातिको दिन शनिबार दिउँसो

दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र

मधेस प्रदेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाम । मधेस प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट

चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएसमा मात्रै ११० वृद्धि

काठमाडौं । सरकारले चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रममा ४१८ सिट