१८ चैत्र २०८२, बुधबार | April 1, 2026

कोरोना संक्रमणबाट लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रकको मृत्यु



बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक सिद्धेश्वरमान श्रेष्ठको कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाण्डौं कोटेश्वर निवासी श्रेष्ठ संक्रमित भएपछि काठमाण्डौंकै सिभिल सर्भिस अस्पतालमा उपचाररत थिए । उनको बिहिबार राति निधन भएको विश्वविद्यालयले जनाएको छ ।

श्रेष्ठको निधन प्रति शोक व्यक्त गर्दै बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्य र रजिष्ट्रार डा. तिलकराम आचार्यले श्रेष्ठको निधनले शैक्षिक क्षेत्रमा अपुरणीय क्षति भएको जनाएका छन् । विश्वविद्यालयले परिवारजनप्रति समवेदना प्रकट गर्दै श्रेष्ठको सुखावती भुवनमा बासको कामना गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका पूर्व सह–प्राध्यापक श्रेष्ठ ०७३ सालदेखि लुम्बिनी बौद्ध विश्वविद्यालयमा परीक्षा नियन्त्रकका रुपमा कार्यरत थिए । उनका एक श्रीमती, एक छोरा एक छोरी छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ५ : ३१ बजे

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा

देशकै ठूलो यातायात संस्था : पश्चिम नेपाल बसको छैठौं साधारणसभा फरक शैलीमा

बुटवल । नेपालकै ठूलो यातायात व्यवसायी संस्था पश्चिम नेपाल बस

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा-१ भैसेमा एक जनाको