३१ भदौ २०८३, बुधबार | September 16, 2026

गण्डकी प्रदेश : विपक्षी गठबन्धनका ३१ सांसद पुगे प्रदेश प्रमुखको कार्यालयमा



पोखरा । नयाँ सरकार गठनको दाबीसहित गण्डकी प्रदेशमा विपक्षी गठबन्धनका ३१ जना सांसद प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि २४ घण्टाको समय दिएर आह्वान गरेपछि उनीहरू बहुमत सदस्यसहित उपस्थित भएका हुन् ।

स्वतन्त्र सांसद दीपक मनाङेसहित कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद रहेका छन् ।

प्रदेश प्रमुखले भोलि दिउँसो २ बजेसम्मको समय तोकेर आह्वान गरे पनि बहुमत सदस्य (३१) सहित आजै उपस्थित भएको कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।

चार दल काङ्ग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद मनाङेले मात्र प्रदेश प्रमुखलाई प्रतिनिधिमूलक भेट गरेका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ५ : ४५ बजे

मुगुको कलाई आसपास भूकम्पका दुई धक्का

काठमाडौं । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ । मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज