७ आश्विन २०८३, बुधबार | September 23, 2026

साक्षरता कक्षा सञ्चालित विद्यालयमा ‘फोन पाठशाला’



दमौली । रुम टु रिडको साक्षरता कार्यक्रम सञ्चालन भएका तनहुँका विद्यालयमा फोन पाठशाला शुरु हुने भएको छ । रुम टु रिडको साक्षरता कार्यक्रम सञ्चालन भएका विद्यालयका नेपाली भाषा शिक्षकहरुले अब मोबाइलबाट विद्यार्थीलाई पढाउने भएका छन् ।

विद्यार्थी सिकाइ सहजीकरणका विभिन्न वैकल्पिक तरिकाहरुको अभ्यास गरिरहेको रुम टु रिडले फोन पाठशालाको अवधारणा अगाडि बढाएको हो । कोरोना कहर र निषेधाज्ञाका कारण विद्यालय बन्द भएपछि फोन पाठशाला सञ्चालन गर्न लागिएको छ । यसका लागि साक्षरता कार्यक्रम सञ्चालन भएका जिल्लाका ३३ विद्यालयका ६१ जना नेपाली भाषा शिक्षण गर्ने शिक्षकलाई अभिमुखीकरण गरिएको छ ।

फोन पाठशाला मार्फत् पुनः विद्यार्थीहरुसँग जोडिन पाउने भएपछि उत्साहित भएको भानु संस्कृत माध्यमिक विद्यालयका शिक्षक गीता आचार्यले बताइन् । भृकुटी माध्यमिक विद्यालयका शिक्षक देवी सिग्देलले विद्यार्थीको सिकाइका लागि फोन पाठशाला प्रभावकारी हुने बताए ।

कोरोनाका कारण विद्यालय बन्द भई विद्यार्थीको सिकाइमा भएको क्षति कम गर्न फोन पाठशालाको अवधारणा अगाडि बढाएको रुम टु रिडका साक्षरता कार्यक्रम अधिकृत एलबी खड्काले जानकारी दिए । विद्यार्थी सिकाइ सहजीकरणका लागि रुम टु रिडले रेडियो स्कूल, अनलाइन पुस्तकालय र फोन मार्फत् अभिभावक शिक्षा समेत सञ्चालन गरिरहेको छ ।

विद्यालयका कक्षाकोठामा रमाउनुपर्ने बालबालिकाहरु कोरोना कहरले घरमै बस्न बाध्य हुँदा पठनपाठनमा क्षति पुगेको छ । घरमा बसिरहेका विद्यार्थीको सिकाईमा सहजीकरणका लागि फोन पाठशाला सञ्चालन हुने संस्थाले जनाएको छ । संस्थाले सबै पालिकाका शिक्षा शाखा प्रमुखहरुसँग यसबारेमा अनलाइन बैठक समेत गरेको छ ।

सबै पालिकाले यसका लागि अनुमति दिएका छन् । फोन पाठशालामा विद्यार्थीहरुको सिकाई कठिनाइका आधारमा हरेक विद्यार्थीलाई के सिकाउने भनी कार्ययोजना तयार गर्ने र सोही कार्ययोजना अनुसार विद्यार्थीलाई महिनामा कम्तिमा तीन पटक फोन गरी फोनबाट सिकाइने रुम टु रिडका साक्षरता कार्यक्रम अधिकृत खड्काले बताए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ८ : ०४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११