७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

बैतडीमा यात्रुको पनि कोरोना परीक्षण गरिदैँ



बैतडी । बैतडी भित्रिने यात्रुहरुको कोरोना परीक्षण थालिएको छ । जेठ १८ गतेदेखि सुरु भएको परीक्षणमा हालसम्म ५ सय बढी यात्रुको परीक्षण गरिएको हो ।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले खोडपेमा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेन विधिमार्फत जिल्ला भित्रिने यात्रुको अनिवार्य रुपमा कोरोना परीक्षण गर्ने कार्य भइरहेको बताए । उनले भने,“हालसम्म ५ सय ३ जनाको कोरोना परीक्षण गरिएकोमा ४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएका यात्रुलाई आइसोलेट गरेका छौं ।”

दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिरहेकोले त्यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला भित्रिने यात्रुहरुको कोरोना परीक्षण थालिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।

गत जेठ १८ गतेदेखि तेस्रोपटकका लागि जारी भएको निषेधाज्ञालाई कडाई गर्दै अनिवार्य रुपमा कोरोना परीक्षण थालिएको हो । उनले भने,“ जिल्ला भित्रिने यात्रुवहाक सवारी साधनलाई बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै भित्रिन दिने भनेका छौं, रातिमा जिल्ला भित्रिने यात्रुवाहक सवारी साधनमा रोक पनि लगाएको छौं।” बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म खोडपेमा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्यकर्मी परिचालन गरी कोरोना परीक्षण कार्य भइरहेको हो ।

हेल्थ डेस्कमा कोरोना परीक्षण गर्नका लागि ६ जना स्वास्थ्यकर्मी परिचालन गरिएका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । यसअघि भारतसँग जोडिएको सीमानाका झुलाघाटमा पनि हेल्थ डेस्क स्थापना गरी कोरोना परीक्षणको काम भइरहेको छ । बैतडीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । यहाँ कोरोनाका कारण १६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  १० : ५१ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल