२० मंसिर २०८२, शनिबार | December 6, 2025

सरकार बनाउन गण्डकी प्रदेश प्रमुखले दिएको समय सकियो, तर सपथका लागि अझै बोलाइएन



पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा लागि दाबी पेश गरेका विपक्षी गठबन्धनका दलहरु प्रदेश प्रमुखको जवाफको प्रतिक्षा गरिरहेका छन् ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसारको पृथ्वी सुब्बा गुरुङ सरकारले विश्वासको मत हासिल गर्न नसकेपछि उपधारा ५ अनुसारको सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

यही उपधारा अनुसार विपक्षी दलहरुले वैकल्पिक सरकार गठनको दाबी पेश गरेका छन् । मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरेका दलहरु सपथका लागि प्रतिक्षा गरेका हुन् ।

२४ घण्टाको समय दिएर आज ३ बजेसम्म सरकार बनाउन समय दिएकी प्रदेशप्रमुख सीतादेवी पौडेलले अहिलेसम्म दलहरुलाई बोलाएकी छैनन् ।

दलहरुले शुक्रबार साँझ ३१ जना सांसद शशरीर उपस्थित भएर हस्ताक्षर सनाखत गराएका थिए । अर्को कुनै दाबी समेत परेको अवस्थामा पनि प्रदेश प्रमुखले सरकार गठनका लागि अहिलेसम्म नबोलाएकोमा विपक्षी दलहरुले शंका व्यक्त गरेका छन् ।

यसैबीच राजमोका निस्काशित सांसद कृष्ण थापा प्रदेश प्रमुखको निवासमा पुगेर फर्किएका छन् । शुक्रबारै बहुमत पुर्याएपनि अहिलेसम्म नबोलाउनु तर निस्काशित सांसदलाई प्रदेश प्रमुखले भेट गरेपछि दलहरुले आशंका व्यक्त गरेका हुन् । थापाले राजमोको संसदीय दलको नेता परिवर्तन नभएको पत्र बुझाएका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ३ : ३८ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी