१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

गण्डकी प्रदेश प्रमुख निवास अगाडि विपक्षी गठबन्धनका सांसदको धर्ना



पोखरा । गण्डकी प्रदेश सरकार निर्माणमा काठमाडौमा जस्तै तुच्छ राजनीतिक दाउपेच देखिएपछि विपक्षी गठबन्धनले प्रदेश प्रमुखको निवास अगाडि धर्ना दिएका छन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार ३१ जना सांसदहरुको बहुमतसहित सशरीर उपस्थित भएर हस्तक्षर सनाखत गराउँदा पनि सरकार गठन नगरेपछि दलहरुले प्रदेश प्रमुखको नियत विरुद्ध धर्ना दिएका हुन् ।

कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नक्कली पत्रसहित पुनः मुख्यमन्त्रीमा दाबी गरेको र त्यसैलाई आधार मानेर नयाँ सरकार गठन हुन नसक्ने भन्दै प्रदेश सभा नै विघटन गर्ने षड्यन्त्र हुन लागेको भन्दै दलहरु प्रदर्शनमा उत्रिएका हुन् ।

धर्नामा प्रदेशसभाका ३१ जना बहुमत सांसदहरु उपस्थित रहेका छन् । गुरुङले जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्ष र राष्ट्रिय जनमोर्चाबाट निस्काशित सांसद कृष्ण थापाको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीलाई सपथ नदिलाए आफुहरु त्यस विरुद्ध अदालतमा जाने र सडकमा आन्दोलन गर्ने विपक्षी दलहरुले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ४ : ५१ बजे

‘नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ’

वासिङ्टन,डिसी । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक

इलाम-२ मा रास्वपाका उमेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौं । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा

गर्मीका कारण बङ्गलादेशका विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय

बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको