७ पुस २०८२, सोमबार | December 22, 2025

बाँकेमा पछिल्लो ३० घण्टामा मृत्युको संख्या शुन्य, आज थपिए २५ नयाँ संक्रमित



नेपालगन्ज । पछिल्लो ३० घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । तुलनात्मकरुपमा शुक्रबार भन्दा शनिबार संक्रमितको संख्या सानो संख्यमा बढेपनि मृत्युको संख्या शुन्य कायम रहेको छ । पछिल्लो २४ घण्टामा बाँकेमा २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लाका ३ वटा प्रयोगशालामा १८७ नमुना परीक्षण गर्दा जिल्ला भित्रका २५ जना सहित ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा बाँकेमा जिल्ला बाहिरका २ जनाको उपचारका क्रममा मृत्यु भएको छ भने ३९ जना कोरोना मुक्त भएर डिस्चार्ज लिएका छन् । बाँकेमा आज सम्ममा जिल्ला भित्रका ३०६ जना र जिल्ला बाहिरका ३३३ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लामा २४३ सक्रिय संक्रमित रहेका छन् भने जिल्ला बाहिरका ८४ जना सक्रिय संक्रमितको बाँकेमा उपचार भईरहेको छ ।

बाँकेका बिभिन्न अस्पताल र आइशोलेसन केन्द्रहरुमा ५७ जना सिकिस्त, ४६ जना मध्यम र ९ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ५ : २७ बजे

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र