१८ चैत्र २०८२, बुधबार | April 1, 2026

बाँकेमा पछिल्लो ३० घण्टामा मृत्युको संख्या शुन्य, आज थपिए २५ नयाँ संक्रमित



नेपालगन्ज । पछिल्लो ३० घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । तुलनात्मकरुपमा शुक्रबार भन्दा शनिबार संक्रमितको संख्या सानो संख्यमा बढेपनि मृत्युको संख्या शुन्य कायम रहेको छ । पछिल्लो २४ घण्टामा बाँकेमा २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लाका ३ वटा प्रयोगशालामा १८७ नमुना परीक्षण गर्दा जिल्ला भित्रका २५ जना सहित ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा बाँकेमा जिल्ला बाहिरका २ जनाको उपचारका क्रममा मृत्यु भएको छ भने ३९ जना कोरोना मुक्त भएर डिस्चार्ज लिएका छन् । बाँकेमा आज सम्ममा जिल्ला भित्रका ३०६ जना र जिल्ला बाहिरका ३३३ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लामा २४३ सक्रिय संक्रमित रहेका छन् भने जिल्ला बाहिरका ८४ जना सक्रिय संक्रमितको बाँकेमा उपचार भईरहेको छ ।

बाँकेका बिभिन्न अस्पताल र आइशोलेसन केन्द्रहरुमा ५७ जना सिकिस्त, ४६ जना मध्यम र ९ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ५ : २७ बजे

अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश

सुनको मूल्य ७ हजार ४ सयले बढ्यो, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ

खड्का-कोइराला पक्षीय कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा

देशकै ठूलो यातायात संस्था : पश्चिम नेपाल बसको छैठौं साधारणसभा फरक शैलीमा

बुटवल । नेपालकै ठूलो यातायात व्यवसायी संस्था पश्चिम नेपाल बस