पोखरा । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो बहुमत रहेको दाबी पेश गरेपनि गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडठेलले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएकी छन् । प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न २४ घण्टाको समय दिएर आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले शुक्रबार अपरान्ह ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।
अब नव नियुक्त मुख्यमन्त्री पोखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।
प्रतिक्रिया