१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

कांग्रेसको १४ औ महाधिवेशन भाद्र १६ बाट १९ सम्म



काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भाद्र ७ गतेबाट ९ दिन पर सारेर भाद्र १६ गते गर्ने निर्णय गरेको छ । शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले १४ औ माहाधिवेशनको समयावधि ९ दिन पछाढि ढकेन्दै भाद्र १६ बाट गर्ने प्रस्ताव गरेको हो । कांग्रेसले यस अघि तय गरेको कार्यतालिका संशोधन गर्दै वडा अधिवेशन भने एक महिना ढिला अर्थात् साउन ६ बाट सुरु गर्ने प्रस्ताव गरिएको छ ।

पूर्वनिर्धारित मिति असार ७ बाट वडा तहको अधिवेशन सुरु गर्न सक्ने अवस्था नभएको भन्दै कार्यतालिका संशोधन गर्न प्रस्ताव पेश गरेको कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

सहमहामन्त्री महतका अनुसार क्रियाशील सदस्यता छानविनको म्याद २० असारसम्म थप गर्ने र यो अवधिमा बाँकी रहेको क्रियाशील सदस्यता वितरण, नवीकरणका साथै छानविन कार्य सम्पन्न गर्ने प्रस्तावमा उल्लेख छ ।

देशभरीबाट आएका क्रियाशिल सदस्यताका विवरणलाई जेठभित्र केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने र साउन ६ बाट वडा तहको अधिवेशन गर्ने प्रस्तावमा उल्लेख छ । केन्द्रीय महाधिवेशन भने भाद्र १६ देखि १९ गतेसम्म गर्ने महामन्त्रीको प्रस्ताव रहेको सहमहामन्त्री महतले बताए ।

यसअघि महाधिवेशनको मिति भाद्र ७ देखि १० गतेसम्म तय भएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ६ : १९ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा