२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

युरोकप फुटबल : बेल्जियमसँग रुस पराजित



काठमाडौं । युरो कप फुटबलमा बेल्जियमले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा घरेलु टिम रुसलाई ३-० गोल अन्तरले पराजित गर्दै बेल्जियमले सुखद सुरुवात गरेको हो ।

सेन्ट पिटर्सवर्गमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गरे । यस्तै थोमस मुनिएरको नाममा एक गोल रह्यो । खेलको दशौँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

गोलपछि लुकाकुले आफ्नो गोल खेल दौरान हृदयघात भएर अस्पताल भर्ना भएका इन्टर मिलानका सहकर्मी तथा डेनमार्कका क्रिस्टियन एरिक्सनलाई समर्पण गरे । फिनल्याण्डविरुद्धको खेल दौरान अचेत भएका एरिक्सन खतरामुक्त रहेको बताईएको छ ।

खेलको ३४ औं मिनेटमा थोमसले गोल गर्दै बेल्जियमलाई २-० को अग्रता दिलाए । पहिलो हाफमा २-० को अग्रता लिएको बेल्जियमले खेलको ८८ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३-० को जित दिलाए ।

जितसँगै बेल्जियमले युरो कपको पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । यस समूहमा ३ अंक जोडेको फिनल्याण्ड दोस्रो स्थानमा रहेको छ । डेनमार्क अंकविहीन रहदै तेस्रो स्थानमा रहेको छ ।​

युरोकपमा आज तीन खेलहरु हुँदैछ । आज हुने पहिलो खेलमा समूह ‘डी’ मा रहेको इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । लण्डनको वेम्बली स्टेडियममा हुने घरेलु टिम र क्रोएसियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ । यस्तै आज हुने दोस्रो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच खेल हुनेछ । समूह ‘सी’ मा रहेको अष्ट्रिया र नर्थ म्यासेडोनियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

आजको अन्तिम खेल नेदरल्यान्ड्स र युक्रेनबीच हुनेछ । दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ६ : ३० बजे

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री

वीरगन्ज महानगर प्रहरीप्रमुख भुसाल र सहायक निरीक्षक लुइटेल जिम्मेवारीबाट हटाइए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने