८ बैशाख २०८१, शनिबार | April 20, 2024

युरोकप फुटबल : डेनमार्कमाथि फिनल्याण्डको ऐतिहासिक जित



काठमाडौं । युरोकप फुटबलमा डेब्यु गरिरहेको फिनल्याण्डले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई १-०ले पराजित गरेको हो ।

फिनल्याण्डको जितमा जोएल पोहान्पालोले निर्णायक गोल गरे । खेलको ५९ औं मिनेटमा पोहान्पालोले जेरे उरोनेनको क्रसमा गरेको हेडरमार्फत गोल गरेका थिए । ७३ औं मिनेटमा डेनमार्कले पेनाल्टी प्राप्त गरेपनि इमिल होएबिएर चुके । युरोकपमा फिनल्याण्डको यो ऐतिहासिक जित हो ।

त्यसअघि पहिलो हाफको ४३ औं मिनेटमा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएपछि खेल झन्डै डेढ घण्टा रोकिएको थियो । बल उनको स्थानसम्म नआउँदै एक्कासी ढलेका एरिक्सनलाई तत्काल स्वास्थ्य टिम मैदान पुगेर सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) पनि दिएका थिए ।

झन्डै १५ मिनेट मैदानको उपचारपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लागिएको थियो । एरिक्सनको होस खुलेको र बोल्न सक्ने भएपछि थप उपचारका लागि नजिकैको अस्पताल लागिएको थियो । त्यसपछि खेल पुनः सुचारु भएको थियो । जितसँगै फिनल्यान्डले समूह बीको अंक तालिकमा ३ अंक जोडेको छ । हारबाट प्रतियोगिताको सुरुवात गरेको डेनमार्कले भने अंक बिहीन छ ।

युरोकपमा आज तीन खेलहरु हुँदैछ । आज हुने पहिलो खेलमा समूह ‘डी’ मा रहेको इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । लण्डनको वेम्बली स्टेडियममा हुने घरेलु टिम र क्रोएसियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ । यस्तै आज हुने दोस्रो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच खेल हुनेछ । समूह ‘सी’ मा रहेको अष्ट्रिया र नर्थ म्यासेडोनियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

आजको अन्तिम खेल नेदरल्यान्ड्स र युक्रेनबीच हुनेछ । दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ७ : ३७ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन