३१ भदौ २०८३, बुधबार | September 16, 2026

गण्डकी प्रदेशका महान्यायाधिवक्ताले दिए पदबाट राजीनामा



पोखरा । पृथ्वी सुब्बा गुरुङको सरकार ढलेपछि उनले नियुक्त गरेका गण्डकी प्रदेश महान्यायाधिवक्ता डा. राजेन्द्र घिमिरेले राजीनामा दिएका छन्।

महान्यायाधिवक्ता डा. घिमिरेले आफ्नो पदबाट आज राजीनामा दिएका हुन् । घिमिरेले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष उनले राजीनामा बुझाएका छन् । उनलाई निवर्तमान मुख्यमन्त्री गुरुङले २०७४ फागुन २१ गते महान्यायाधिवक्ता नियुक्त गरेका थिए।

महान्यायाधिवक्ताको रुपमा घिमिरेले ३ वर्ष ३ महिना काम गरेका छन्। त्यसअवधीमा आफुले गरेको कार्यसम्पादनका क्रममा कुनै त्रुटी भए माफी दिन आग्रह गरेका छन् । घिमिरेले आफ्नो कार्यकालमा सहयोग गर्नेलाई धन्यवाद पनि दिएका छन्।

गत २७ गते प्रदेशसभामा विश्वासको मत हासिल गर्न नसकेपछि गुरुङ नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि विपक्षी गठबन्धनको बहुमतसहित नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बनेका छन् । नेपालीले शनिबार पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरिसकेका छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ९ : २४ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज