४ पुस २०८२, शुक्रबार | December 19, 2025

रक्तदाता समाज रुपन्देही रगतको जोहो गर्न अर्घाखाँचीसम्म पुग्यो, एकैदिन १३५ युनिट रगत संकलन



बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले अर्घाखाँची पुगेर बृहत् रक्तदान कार्यक्रम गरेको छ । एकैदिन दुई स्थानमा भएको रक्तदानमा १३५ पोइन्ट रगत संकलन भएको हो ।

रक्तदान कार्यक्रम शहर केन्द्रित मात्र नभएर गाउँमा पनि विस्तार गर्ने उद्देश्य सहित अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरिएको बृहत् रक्तदान कार्यक्रममा १२ जना महिला सहित ७० जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका छन् । जसमा ९० प्रतिशतभन्दा धेरै रक्तदाताहरुले पहिलो पटक रक्तदान गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखा अध्यक्ष कृष्ण चौहानले बताए ।

नेपाल विद्यार्थी संघ अर्घाखाँचीको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखा अध्यक्ष कृष्ण चौहानको अध्यक्षता र सन्धिखर्क नगरपालिकाका प्रमुख कमल भुसालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई नेपाल विद्यार्थी संघ अर्घाखाँचीका सभापति भरतमणि भट्टराईले संयोजन गरेका थिए ।

यता बुटवल ब्लड बैंकमा ९९ औं नियमित रक्तदान कार्यक्रममा ६५ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक हरि ज्ञवालीले बताए । लिम्घा रुपन्देही सम्पर्क समाज सह(आयोजक रहेको उक्त कार्यक्रमलाई डल्ले बुटवल रेष्टुरेन्टले प्रायोजन गरेको थियो ।
दुबै कार्यक्रमलाई सफल बनाउन नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका उपाध्यक्ष भीष्म केसी लगायतका पदाधिकारी तथा व्लड बैंकका प्राविधिक हरि सापकोटा र चन्द्र बहादुर झेडिको विशेष भुमीका रहेको स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  १० : ४५ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ