३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

रक्तदाता समाज रुपन्देही रगतको जोहो गर्न अर्घाखाँचीसम्म पुग्यो, एकैदिन १३५ युनिट रगत संकलन



बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले अर्घाखाँची पुगेर बृहत् रक्तदान कार्यक्रम गरेको छ । एकैदिन दुई स्थानमा भएको रक्तदानमा १३५ पोइन्ट रगत संकलन भएको हो ।

रक्तदान कार्यक्रम शहर केन्द्रित मात्र नभएर गाउँमा पनि विस्तार गर्ने उद्देश्य सहित अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरिएको बृहत् रक्तदान कार्यक्रममा १२ जना महिला सहित ७० जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका छन् । जसमा ९० प्रतिशतभन्दा धेरै रक्तदाताहरुले पहिलो पटक रक्तदान गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखा अध्यक्ष कृष्ण चौहानले बताए ।

नेपाल विद्यार्थी संघ अर्घाखाँचीको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखा अध्यक्ष कृष्ण चौहानको अध्यक्षता र सन्धिखर्क नगरपालिकाका प्रमुख कमल भुसालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई नेपाल विद्यार्थी संघ अर्घाखाँचीका सभापति भरतमणि भट्टराईले संयोजन गरेका थिए ।

यता बुटवल ब्लड बैंकमा ९९ औं नियमित रक्तदान कार्यक्रममा ६५ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक हरि ज्ञवालीले बताए । लिम्घा रुपन्देही सम्पर्क समाज सह(आयोजक रहेको उक्त कार्यक्रमलाई डल्ले बुटवल रेष्टुरेन्टले प्रायोजन गरेको थियो ।
दुबै कार्यक्रमलाई सफल बनाउन नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका उपाध्यक्ष भीष्म केसी लगायतका पदाधिकारी तथा व्लड बैंकका प्राविधिक हरि सापकोटा र चन्द्र बहादुर झेडिको विशेष भुमीका रहेको स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  १० : ४५ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम

एमालेले टुंगायो समानुपातिकका १६ जनाको नाम (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिकतर्फका १६ सांसदको

एमाले सचिवालय बैठक जारी, शोकमा रहेको अवस्थामै अध्यक्ष ओली बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको