११ भदौ २०८३, बिहिबार | August 28, 2026

गैंडाकोटका मकै उत्पादक कृषकलाई अनुदानमा कृषि सामग्री वितरण



गैंडाकोट । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाका मकै उत्पादक कृषकका लागि अनुदानमा कृषि सामग्री प्रदान गरिएको छ ।

नगरपालिकाको मकै उत्पादन तथा प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषि शाखाले उपलब्ध गराएको करिब ३६ लाख अनुदान रकममा कृषकको ५० प्रतिशत सहभागिता थप गरी विनायक कृषि सहकारी संस्था लिमिटेडले कृषि सामग्री उपलब्ध गराएको हो ।

नगरप्रमुख छत्रराज पौडेलले मकै कृषकलाई आधुनिक कृषि औजार प्रदान गरेका हुन् । नगरपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत लागत रहने गरी खरिद गरिएका सामग्री कृषकलाई हस्तान्तरण गरिएको सहकारीका अध्यक्ष तिलक कँडेलले जानकारी दिए । कँडेलका अनुसार मकै गोड्ने र धान काट्ने औजार २० जनालाई, मकै पिस्ने औजार १५ जनालाई र इलेक्ट्रिक स्पेयर १०० जनालाई वितरण गरिएको छ ।

किसानको हित र कृषि उत्पादन वृद्धिमा सहयोग पुग्ने गरी सहकारीले सात बोरिङलाई आवश्यक पर्ने एक हजार ४०० मिटर पाइप, बीउ र मल पनि उपलब्ध गराएको कँडेलले बताए ।

नगरप्रमुख पौडेलले नगरपालिकाभित्रका व्यक्ति कृषि कर्म गर्छु भनेर नगरपालिकामा कार्ययोजना लिएर आएको खण्डमा आवश्यक सहयोग गर्न तयार रहेको बताए। गैँडाकोटका अधिकांश व्यक्ति कृषि पेशामा संलग्न भए पनि नगरपालिकाबाट प्रदान गरिने अनुदानवापतको कृषि कार्यक्रममा सम्झौता गर्न आउनेको सङ्ख्या भने न्यून रहेको पौडेलले जानकारी दिए ।

नगरपालिकासँग कृषिसम्बन्धी बजेट भए पनि खर्च गर्ने ठाउँ नभएको भन्दै नगरप्रमुख पौडेलले मेहनत गर्ने जोकोहीलाई पनि प्रक्रियामा रहेर पूर्ण सहयोग गर्ने बताए । गैँडाकोट धान, मकै, च्याउ आदिमा आत्मनिर्भर रहेको जनाउँदै उनले स्थानीय तहसँगै सङ्घ र प्रदेश सरकारबाट कृषिमा पर्याप्त सम्बोधन भएको जानकारी दिए ।

नगरपालिकाको मकै उत्पादन तथा प्रवद्र्धन कार्यक्रमका लागि सहकारीसँग रु ३५ लाख ८८ हजारको सम्झौता गरेर कृषकलाई कृषि औजार प्रदान गरिएको कृषि शाखा प्रमुख राजु शर्माले बताए । रासस

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ११ : ५२ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि