७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

गैंडाकोटका मकै उत्पादक कृषकलाई अनुदानमा कृषि सामग्री वितरण



गैंडाकोट । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाका मकै उत्पादक कृषकका लागि अनुदानमा कृषि सामग्री प्रदान गरिएको छ ।

नगरपालिकाको मकै उत्पादन तथा प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषि शाखाले उपलब्ध गराएको करिब ३६ लाख अनुदान रकममा कृषकको ५० प्रतिशत सहभागिता थप गरी विनायक कृषि सहकारी संस्था लिमिटेडले कृषि सामग्री उपलब्ध गराएको हो ।

नगरप्रमुख छत्रराज पौडेलले मकै कृषकलाई आधुनिक कृषि औजार प्रदान गरेका हुन् । नगरपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत लागत रहने गरी खरिद गरिएका सामग्री कृषकलाई हस्तान्तरण गरिएको सहकारीका अध्यक्ष तिलक कँडेलले जानकारी दिए । कँडेलका अनुसार मकै गोड्ने र धान काट्ने औजार २० जनालाई, मकै पिस्ने औजार १५ जनालाई र इलेक्ट्रिक स्पेयर १०० जनालाई वितरण गरिएको छ ।

किसानको हित र कृषि उत्पादन वृद्धिमा सहयोग पुग्ने गरी सहकारीले सात बोरिङलाई आवश्यक पर्ने एक हजार ४०० मिटर पाइप, बीउ र मल पनि उपलब्ध गराएको कँडेलले बताए ।

नगरप्रमुख पौडेलले नगरपालिकाभित्रका व्यक्ति कृषि कर्म गर्छु भनेर नगरपालिकामा कार्ययोजना लिएर आएको खण्डमा आवश्यक सहयोग गर्न तयार रहेको बताए। गैँडाकोटका अधिकांश व्यक्ति कृषि पेशामा संलग्न भए पनि नगरपालिकाबाट प्रदान गरिने अनुदानवापतको कृषि कार्यक्रममा सम्झौता गर्न आउनेको सङ्ख्या भने न्यून रहेको पौडेलले जानकारी दिए ।

नगरपालिकासँग कृषिसम्बन्धी बजेट भए पनि खर्च गर्ने ठाउँ नभएको भन्दै नगरप्रमुख पौडेलले मेहनत गर्ने जोकोहीलाई पनि प्रक्रियामा रहेर पूर्ण सहयोग गर्ने बताए । गैँडाकोट धान, मकै, च्याउ आदिमा आत्मनिर्भर रहेको जनाउँदै उनले स्थानीय तहसँगै सङ्घ र प्रदेश सरकारबाट कृषिमा पर्याप्त सम्बोधन भएको जानकारी दिए ।

नगरपालिकाको मकै उत्पादन तथा प्रवद्र्धन कार्यक्रमका लागि सहकारीसँग रु ३५ लाख ८८ हजारको सम्झौता गरेर कृषकलाई कृषि औजार प्रदान गरिएको कृषि शाखा प्रमुख राजु शर्माले बताए । रासस

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ११ : ५२ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२