२२ भदौ २०८३, सोमबार | September 7, 2026

‘प्रतिगमनको मतियार’ गण्डकी सरकार अपदस्त गरेकोमा जनमोर्चाद्वारा सन्तोष व्यक्त



काठमाडौं । राष्ट्रिय जनमोर्चाल प्रतिगमनको मतियार बनेको गण्डकी प्रदेश सरकार अपदस्त गर्न सफलता मिलेकोमा सन्तोष व्यक्त गरेको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशमा ओलीको प्रतिगमनको मतियार सरकारलाई हटाउन विपक्षी गठबन्धन सफल भएको जनाएका हुन् ।

सरकार हटाउन विपक्षी गठबन्धनले झण्डै दुई महिनादेखि लगातार सदनभित्र, अदालतमा र सडकमा संघर्ष गरिरहेको भन्दै केसीले त्यो सरकार अपदस्त गर्न सफलता मिलेकोमा विपक्षी गठबन्धनलाई बधाई दिएका छन् । गण्डकीको सरकारले पनि केन्द्रमा केपी ओल्ीले झुटो र गलत दाबी गरेजस्तै षड्यन्त्र गर्न खोजेको तर सबै मिलेर असफल पारिएको केसीले जिकिर गरेका छन् ।

वक्तव्यमा केसीले भनेका छन्, ‘केन्द्रमा संविधानको धारा ७६ को उपधारा ९५० अन्तर्गत सरकार गठनका लागि जसरी केपी ओलीले झुटो र गलत दाबी प्रस्तुत गरी संसद भंग गरी मध्यावधि चुनाव गराउनका लागि षडयन्त्र गरेका थिए, ठीक त्यसै प्रकारले गण्डकीमा पनि त्यस प्रकारको षडयन्त्र यहाँको सरकारले पनि गरेको थियो । त्यो षडयन्त्रलाई प्रतिगमनविरोधी सम्पूर्ण राजनीतिक दल, प्रेस जगतले असफल पारेका छन् ।’

अध्यक्ष केसीले नयाँ सरकारलाई गुण दोषका आधारमा समथर्न गर्ने जनाएका छन् । उनले भनेका छन्, ‘प्रतिगामी सरकारलाई हटाई गठन भएको प्रतिगमन विरोधी शक्तिहरुको नयाँ सरकारलाई हामीले बधाइ दिन चाहन्छौँ तथा कार्यकाल सफलताको शुभकामना पनि दिन चाहन्छौँ । यसका साथै उक्त सरकारमा हाम्रो पार्टी सहभागी नहुने र सरकारले आगामी दिनमा अपनाउने नीतिको दोष र गुणको आधारमा समर्थन र विरोध गर्ने हाम्रो नीति हुनेछ ।’

 

प्रेस वक्तव्य

गण्डकी प्रदेशमा ओलीको प्रतिगमनको मतियार सरकारलाई हटाउन विपक्षी गठबन्धन सफल भएको छ । गण्डकी प्रदेशको सरकारलाई हटाउनका लागि विपक्षी गठबन्धनले झण्डै दुई महिनादेखि लगातार सदनभित्र, अदालतमा र सडकमा संघर्ष गरिरहेको थियो । केन्द्रमा संविधानको धारा ७६ को उपधारा (५) अन्तर्गत सरकार गठनका लागि जसरी केपी ओलीले झुटो र गलत दाबी प्रस्तुत गरी संसद भंग गरी मध्यावधि चुनाव गराउनका लागि षडयन्त्र गरेका थिए, ठीक त्यसै प्रकारले गण्डकीमा पनि त्यस प्रकारको षडयन्त्र यहाँको सरकारले पनि गरेको थियो । त्यो षडयन्त्रलाई प्रतिगमनविरोधी सम्पूर्ण राजनीतिक दल, प्रेस  जगतले असफल पारेका छन् । जुन स्वागतयोग्य कुरा हो । प्रतिगामी सरकारलाई हटाई गठन भएको प्रतिगमन विरोधी शक्तिहरुको नयाँ सरकारलाई हामीले बधाइ दिन चाहन्छौँ तथा कार्यकाल सफलताको शुभकामना पनि दिन चाहन्छौँ । यसका साथै उक्त सरकारमा हाम्रो पार्टी सहभागी नहुने र सरकारले आगामी दिनमा अपनाउने नीतिको दोष र गुणको आधारमा समर्थन र विरोध गर्ने हाम्रो नीति हुनेछ ।

चित्रबहादुर के.सी.
अध्यक्ष

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  १२ : ५७ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार