२२ भदौ २०८३, सोमबार | September 7, 2026

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन बाटो खुल्यो



बुटवल । लुम्बिनी सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको हो ।

नीति तथा कार्यक्रम पारित भएसँगै सरकालाई बजेट ल्याउने बाटो खुलेको छ । अब असार १ गते सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट पेश गर्नेछ ।

बजेट ल्याउनु अघि प्रदेशसभामा बहुमत सिद्ध गर्नुपर्ने माग गर्दै आएका विपक्षी दलहरुले नीति तथा कार्यक्रम पारित गर्न भने अवरोध नगर्ने बताउँदै आएका थिए । संसद अवरोध गरे संसद नै बन्द गरेर अध्यादेशबाट बजेट ल्याउने सरकारको नियत रहेको भन्दै विपक्षी दलहरुले नीति तथा कार्यक्रम पारितको समयमा कुनै अवरोध नगरेका हुन् ।

त्यसअघि मुख्यमन्त्री शंकर पोखरेलले नीति तथा कार्यक्रमको बारेमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

 

 

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  २ : ४६ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा