१७ माघ २०८२, शनिबार | January 31, 2026

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन बाटो खुल्यो



बुटवल । लुम्बिनी सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको हो ।

नीति तथा कार्यक्रम पारित भएसँगै सरकालाई बजेट ल्याउने बाटो खुलेको छ । अब असार १ गते सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट पेश गर्नेछ ।

बजेट ल्याउनु अघि प्रदेशसभामा बहुमत सिद्ध गर्नुपर्ने माग गर्दै आएका विपक्षी दलहरुले नीति तथा कार्यक्रम पारित गर्न भने अवरोध नगर्ने बताउँदै आएका थिए । संसद अवरोध गरे संसद नै बन्द गरेर अध्यादेशबाट बजेट ल्याउने सरकारको नियत रहेको भन्दै विपक्षी दलहरुले नीति तथा कार्यक्रम पारितको समयमा कुनै अवरोध नगरेका हुन् ।

त्यसअघि मुख्यमन्त्री शंकर पोखरेलले नीति तथा कार्यक्रमको बारेमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

 

 

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  २ : ४६ बजे

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

चौथो न्यू होराइजन कप अन्तर मावि छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो न्यू होराइजन कप अन्तर माध्यमिक

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।