२ माघ २०८१, बुधबार | January 15, 2025

के तपाईं दिनभर कुर्सीमा बसेर काम गर्नुहुन्छ ? कमजोर हुँदैछ तपाईंको स्मरण शक्ति !



एजेन्सी । के तपाईं दिनभर अफिसमा बस्ने जागिर खानुहुन्छ ? तपाईंको काम नै अफिसको कुर्सीमा बसेर गर्ने छ भने सावधानी हुन जरुरी छ । लामो समयसम्म एकै ठाउँमा बसेर काम गर्ने मानिसहरुको मस्तिष्कमा रगतको सन्चार राम्रोसँग नहुने एउटा अध्ययनले पत्ता लगाएको छ । मस्तिष्कमा राम्रोसँग रगतको सन्चार नहुनुको परिणाम निकै घातक हुनसक्छ ।

कुर्सीमा बसेर काम गर्नेहरुलाई होसियार गर्ने यो अध्ययन केही व्यक्तिहरुमाथि गरिएको हो जो दिनभर अफिसको कुर्सीमा बसेर काम गर्छन् । यसरी काम गर्नेहरुको मस्तिष्कमा राम्रोसँग रगत सन्चार नभएको पाइएको छ । तर, प्रत्येक आधा घन्टामा उठेर दुई मिनेटका लागि टहल्ने व्यक्तिहरुमा चाहिँ यस्तो समस्या पाइएको छैन । मस्तिष्कमा राम्रोसँग रक्त सन्चार हुनु हाम्रो शरीरका लागि अत्यन्त आवश्यक छ ।

मस्तिष्कका कोशिकालाई अक्सिजन तथा पोषक तत्वको आवश्यक हुन्छ । यो सब मस्तिष्कलाई रक्त सन्चारबाट नै मिल्छ । तर, एकै ठाउँमा बसेर काम गरिरहँदा यो सबै प्रक्रियामा समस्या आउने निष्कर्ष अध्ययनले निकालेको छ । योभन्दा पहिले मानिसबाहेकका अन्य जनावरमा पनि यसबारे अध्ययन गरिएको थियो । त्यसबाट पनि एकै ठाउँमा बस्दा समस्या हुनसक्ने आधारहरु निस्किएका थिए ।

रगतको प्रवाहमा समस्या देखिँदा सोचने तथा सम्झने शक्तिमा कमी आउने मात्र होइन, एकै ठाउँमा बसिरहँदा मस्तिष्कसँग सम्बन्धित अन्य समस्या पनि देखिन सकिने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । यस विषयमा पहिले पनि निकै धेरै अध्ययन गरिएका थिए । ती अध्ययनहरुले लामो समय एकै ठाउँमा बस्दा दिमागमा मात्र नभएर हाम्रो स्पाइनल कर्डमा पनि समस्या देखिने सक्ने निष्कर्ष निकालेका थिए । यसरी एकै ठाउँमा बसिरहँदा हाम्रो खुट्टामा पनि विभिन्न समस्या हुनसक्ने विशेषज्ञहरुले बारम्बार बताउँदै आएका छन् ।

यसपटकको यो अध्ययन चाहिँ लिभरपुल जोन मोरेस विश्विद्यालयमा गरिएको हो । विश्वविद्यालयको जर्नल जर्नल अफ एप्लाइड फिजियोलोजीमा छापिएको रिपोर्टअनुसार यो अध्ययन १५ व्यक्तिमा गरिएको हो । यी व्यक्तिहरुलाई यो अध्ययनको समय केवल बाथरुम जान मात्र दिइएको थियो । शोधकर्ताले उनीहरुको रगत प्रवाहलाई ट्र्याक गरेका थिए । यसको परिणाममा ती व्यक्तिहरुको मस्तिष्कमा रगत सन्चार कम भएको देखाएको थियो । तर, जब उनीहरुलाई २ मिनेट हिँड्न लगाइयो, उनीहरुको मस्तिष्कमा रगत सन्चार बढेको थियो ।

यो अध्ययनलाई नेतृत्व गरेकी सोफी कार्टरले अफिसमा काम गर्ने मानिसहरुलाई कम्तिमा पनि एकएक घन्टामा ब्रेक लिएर २ मिनेटका लागि हिँडडूल गर्न सुझाव दिएकी छिन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ६ : ३३ बजे

राष्ट्रपतिद्वारा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन

रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रास्वपा कार्यकर्ताद्वारा अदालत परिसरमा हातपात

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विपक्षमा बहस गर्ने

समाजवादी मोर्चाले माघ १६ गते विशेष कार्यक्रम गर्ने

काठमाडौं । समाजवादी मोर्चाले राजधानी केन्द्रित कार्य्रकम गर्ने भएको छ

निर्माण व्यवसायीद्वारा आन्दोलनको घोषणा, अर्थमन्त्री भन्छन् : २८ मध्ये २२ अर्ब निकास भइसक्यो

काठमाडौं। सरकारले समयमा नै भुक्तानी नगरे पछि निर्माण व्यवसायीले आन्दोलनको