६ बैशाख २०८३, आइतबार | April 19, 2026

युरोकप फुटबल : युक्रेनविरुद्ध नेदरल्यान्ड्सको रोमाञ्चक जित



काठमाडौं । जारी युरोकप २०२० फुटबलको उपाधि दाबेदार नेदरल्यान्ड्सले रोमाञ्चक जितसहित सुखद् सुरुवात गरेको छ । समूह ‘सी’ अन्तर्गत आइतबार राति घरेलु मैदान योहान क्रफ एरेनामा भएको खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई ३-२ गोलले पराजित गरेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विनाल्डम, वाउट वेगहोर्स्ट र डेन्जल डम्फ्राइजले एकरएक गोल गरे । एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एकरएक गोल फर्काए पनि युक्रेनलाई जित दिलाउन सकेनन् ।

खेलको सुरुवातदेखि नै दवावमा राखेको नेदरल्यान्ड्सलाई युक्रेनले पहिलो हाफ गोलरहित बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफमा भने नेदरल्यान्ड्सले सनसनीपूर्ण खेल प्रस्तुत गरेको थियो ।

दोस्रो हाफको ५२ औं मिनेटमा कप्तान वाइनाल्डमले गोल गर्दै टोलीलाई अग्रता दिलाए । देन्जेल डमफ्रिजको क्रसलाई गोलरक्षक जर्ज बुस्कानले बचाएपनि रिबाउन्डलाई वाइनाल्डमले पहिलो टचमा गोल गरे । वोट वेघर्स्टले पेनाल्टी क्षेत्रभित्र क्लिअर हुन नसकेको बललाई गोलमा परिणत गरेका थिए । डम्फ्रिजले फल गरेको भन्दै युक्रेनका खेलाडीले विरोध गरेपछि रेफ्रीले भीएआर चेक गरेका थिए । तर, जानजान लडेको भन्दै रेफीले फल दिन अस्वीकार गरे ।

७५ औं मिनेटमा रोमन यारेम्चुकको पासमा कप्तान आन्द्रे यार्मलेंकोले गोल गर्दै युक्रेनलाई खेलमा फर्काए । त्यसको ४ मिनट नबित्दै यारेम्चुकले रुस्लान मालिनोभ्स्कीको क्रसलाई हेडरमार्फत् गोल गर्दै खेल २(२ को बराबरीमा ल्याए । खेल सकिन ५ मिनेट बाँकी रहँदा नेदरल्यान्ड्सले पुनस् अग्रता लियो । डेन्जेल डमफ्रिजले हेडरमार्फत् गोल गर्दै टोलीलाई जित दिलाए । उनले नाथन आकेको पासमा गोल गरेका थिए ।

यस जितसँगै समूह ‘सी’को नेदरल्यान्ड्सले महत्वपूर्ण ३ अंक जोडेको छ । नेदरल्यान्ड्स समूहको दोस्रो स्थानमा रहेको छ । ३ अंक जोडेको अष्ट्रिया शीर्ष स्थानमा रहेको छ ।

अष्ट्रियाले आइतबार राति नै नर्थ म्यासेडोनियालाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । युक्रेनले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ। युक्रेन तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ६ : ५० बजे

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता

ललितपुर । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक

एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षधर नेताहरूको भेलाले

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथि प्रतिबन्ध प्रयासप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा