७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपाललाई तत्काल कोरोना खोप सहयोग गर्न विश्व समुदायलाई एमनेस्टी इन्टरनेशनलको आग्रह



काठमाडौं । मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले नेपाललाई तत्काल कोरोना विरुद्धको खोप सहायता गर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

एमनेस्टीले सोमबार विज्ञप्ति प्रकाशित गर्दै कोरोना विरुद्ध लड्न अन्तराष्ट्रिय समुदायले एकसाथ सहयोग गर्न आग्रह गरेको हो ।

एमनेस्टीले स्वास्थ्य प्रणालीको बोझ कम गर्न र भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्न नेपालद्वारा भएका प्रयासहहरूलाई कोभिड–१९ विरुद्धको खोपको अभावले गम्भीर रूपमा अवरोध पुरर्याएको छ जनाएको छ ।

‘अन्तर्राष्ट्रिय समुदायले आफ्नो तर्फबाट अक्सिजन, भेन्टिलेटर, खोप र अन्य जीवन बचाउने वस्तुहरूको आपूर्ति तत्कालै उपलब्ध गराउनुपर्दछ।’, एमनेस्टीको विज्ञप्तिमा भनिएको छ, ‘चीन र संयुक्त राज्य अमेरिकाले नेपाललाई खोप दिने वाचा गरेका भए पनि यो मात्रै पर्याप्त हुन्न। अन्तर्राष्ट्रिय समुदाय एकसाथ अगाडि आउनुपर्छ।’

‘हामीले एक महिनाअघि भारतमा जुनखालको हतास अवस्था देखेका थियौँ त्यस्तै अवस्था अहिले नेपालमा पनि देखिरहेका छौँ’ एम्नेस्टी  इन्टरनेसनलकी एसिया प्यासिफिक निर्देशक यमिनी  मिश्रले भनेकी छिन्, ‘अस्पतालहरूमा क्षमता भन्दा बढी बिरामीको चापका कारण देशको स्वास्थ्य सेवा प्रणाली लड्खडाइरहेको छ र अत्यधिक कामको बोझमा रहेका र निराश लाग्दो तहको न्यून श्रोत साधनमा रहेर खटिरहेका स्वास्थ्य कर्मचारीहरूले अत्यासलाग्दो तहको आफ्नो मागलाई पूरा गर्न सकिरहेका छैनन् ।”

नेपालका अधिकारीहरूले अहिले नै हजारौंको ज्यान बचाउन हालसम्मको निष्क्रियता र प्रशासनिक झगडाले अड्किरहेको अक्सिजनको खरिद् र आपूर्तिलाई प्राथमिकता दिन एमनेस्टीले ध्यानाकर्षण गरेको छ । नेपालको आन्तरिक राजनीतिक कलहका कारण कोरोना नियन्त्रणमा राज्यका पर्याप्त ध्यान नपुगेको एमनेस्टीले ठहर गरेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  २ : ३५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई