१७ माघ २०८२, शनिबार | January 31, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा आईपुग्यो चिनियाँ दाताहरुको सहयोग सामाग्री



बुटवल । चिनियाँ दाताहरुले बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालका लागि १ सय थाल अक्सिजन कन्सन्ट्रेटर पठाएका छन् । चीनका लागि नेपालका पूर्व राजदुत लिलामणी पौड्यालको पहलमा चिनियाँ दाताहरुबाट लुम्बिनी प्रादेशिक अस्पतालका लागि अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए ।

बद्धको जन्मभूमि लुम्बिनीको पेरिफेरीमा रहेको अस्पतालमा अक्सिजनको अभाव भएको भन्ने खबर पुगेपछि बुद्ध दर्शन निकट दाताहरुले कन्सन्ट्रेटर पठाईदिएको डा. खनालले बताए । उनले अस्पतालमा अक्सिजनको चरम अभाव भएको खबर पटक पटक आउनथालेपछि पूर्व राजदुत पौड्यालले नेपालका लागि सांघाईका महामहिम कन्सुलेट् जिआनमिङ उसँग सम्पर्क गराईदिएको र त्यसै सम्पर्कका आधारमा अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएको बताए ।

डा. खनालका अनुसार चिनियाँ राजधानी बेइजिङ स्थत नेपाली राजदुतावासका अधिकारी सुशील लम्सालज्युको सहजीकरणमा साङ्घाई जाडे बुद्ध टेम्पल, साँघाई जुकुङ कल्चर एण्ड एजुकेशन फाउण्डेशन, सिङ्गापुर स्थित टाङ्गाक बुअवे किमेङ लेङ्ग फाउण्डेशन लिमिटेड सहित नेपालमा सहयोग गर्ने दाताहरुको प्रतिनिधिकर्ता स्याङ्पा फाउन्डेसनको सहकार्यमा सो कन्सन्ट्रेटर अस्पताल आईपुगेको हो ।

सहयोग गर्ने दाताहरुलाई अस्पतालका मेसु डा. खनालले धन्यबाद ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ४ : ०५ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले