२६ बैशाख २०८१, बुधबार | May 8, 2024

नेपाल भारत मैत्री संघ बेलहिया उप-शाखा रुपन्देहीद्धारा राहत वितरण



बेलहिया । नेपाल भारत मैत्री संघ बेलहिया उप-शाखा, रुपन्देहीले सीमाक्षेत्रमा रहेका गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

कोभिड माहामारीको नियन्त्रणका लागि स्थानिय प्रशासनले गरेको निषेधाज्ञाका कारण दैनिक रोजगारी गुमाएका ६० जना विपन्न तथा मजदुरहरुको परिवारलाई खाद्यान्न वितरण गरिएको संघको कार्यालयले जनाएको छ ।

नेपाल भारत सीमाक्षेत्रमा दैनिक मजदुरी गर्नेहरुको परिवारलाई दैनिकी चलाउन समस्या परेको खबर थाहा पाएपछि केहि दिनको राहत सामाग्री वितरण गरिएको उप-शाखा बेलहियाका अध्यक्ष श्रीचन्द गुप्ताले जानकारी दिए ।

खाद्यान्न वितरण कार्यक्रममा प्रमुख अतिथि मैत्री संघका केन्द्रिय उपाध्यक्ष वासुदेव रिमालको, विशिष्ट अतिथि मैत्री संघका धकधई उप-शाखाका अध्यक्ष बेचन कान्दुको आतिथ्यता रहेको उप-शाखाका सल्लाहकार सुरेन्द्र क्षेत्रीले जानकारी दिए ।

उप-शाखा बेलहियाका उपाध्यक्ष माधव शर्मा, कोषाध्यक्ष चण्द्रीकामणी त्रिपाठी, सल्लाहकारहरु दुर्गा क्षेत्री, पशुपती कान्दु, किशोर जोशी, सदस्यहरु एजाज वारिस, हरेराम कलवार, व्यवसायी राजेश जयसवाल लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ४ : २२ बजे

बाँकेको फत्तेपुरका एक सय २६ घरमा स्वच्छ पेयजलको सुविधा

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरमा ‘एक घर, एक

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा

सुहाङले आज सांसदको सपथ लिँदै

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा

चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु

काठमाडौं । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा

वनमा आगो लगाएको अभियोगमा पक्राउ

ओखलढुंगा । वनमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ परेका छन्