७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देहीमा थपियो असार ७ सम्म निषेधाज्ञा, फरक फरक समयमा व्यापार व्यवसाय गर्न पाईने, यस्तो छ निषेधाज्ञाको आदेश



बुटवल । रुपन्देहीको निषेधाज्ञा एक साता थपिने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञाको स्वरुप परिवर्तन गर्दै एक साता थप गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको दोस्रो लहर तिव्र गतीमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बैशाख १६ गते देखि निषेधाज्ञा जारी गरेको थियो ।

जिल्लास्तरिय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को सोमबार बसेको बैठकले निषेधाज्ञालाई केही खुकुलो असार ७ गते राती १२ बजे सम्मका लागि चौथो पटक निषेधाज्ञा थप गर्न सिफारिस गरेको थियो । जस अनुसार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निषेधाज्ञालाई निरन्तरता दिदैं आदेश जारी गरेका हुन् ।

पछिल्लो जिल्लामा कोरोना संक्रमण दर घटेसँगै निषेधाज्ञा केही खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आदेशअनुसार होटल रेष्टुरेन्ट, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालिम गोष्ठी, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टल स्टोर, सपिङ मल, ब्युटीपार्लर, स्वीमिङ पुल, संग्रहालय, जिमखाना, शिक्षण संस्था, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, ट्युसन सेन्टर, निजी तथा सार्वजनिक सवारी चल्न पाउने छैनन् ।

मंगलबारदेखि लागु हुने नयाँ स्वरुपको निषेधाज्ञामा माछामासु, तरकारी, फलफूल तथा दुधजन्य सामग्रीका पसल बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म र अन्य प्रकृतिका व्यवसाय भने बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गर्न दिने आदेश भएको छ । त्यस्तै विकास निर्माणको कामको निरन्तरता दिन बेलुका ६ बजेदेखि विहान ३ बजे सम्म सवारी साधान चलाउने जनाइएको छ ।

सार्वजानिक सवारी साधनको संचालनमा भने यसपटक परिवर्तन भएको मोडालिटीमा पनि पूर्णरुपमा प्रतिबन्ध नै लगाईएको छ । बैंक बित्तियसंस्थाहरुले सिमित कर्मचारीबाट संचालन गर्न पाउने तथा अत्यावश्यक सेवा संचालन गर्ने कार्यालयहरुले पनि सिमित कर्मचारीबाट संचालन गर्ने गरि प्रशासन कार्यालयले सुचना जारी गरेको छ ।

त्यस्तै ‘नो मास्क, नो मुभमेन्ट’ अभियान सञ्चालन गर्ने र बजार अनुगमनलाई सघन बनाउने निर्णय गरिएको छ ।

आदेश उल्लंघन गर्ने, मुल्यवृद्धि गर्ने, कालोबजारी तथा जमाखोरी गरेको पाए कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही गर्ने आदेशमा उल्लेख छ । अन्य आदेश भने यथावत् जारी रहेको प्रशासन कार्यालयले जनाएको छ ।

निषेधाज्ञा खुकुलो भएपनि आदेशविपरित सार्वजनिक तथा निजी सवारीका साधन सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ ।आदेश विपरित सञ्चालन गरेमा गरेमा कोभिड-१९ व्यबस्थापन सम्बन्धमा जारी अध्यादेश अनुसार कारवाही गरिने बताइएको छ ।

निषेधाज्ञाका अवधिमा आदेश पालना नगर्ने नगराउने ब्यक्तिलाई १ लाख सम्म र संस्थालाई ५ लाख सम्म जरिवाना हुने समेत प्रमुख जिल्ला अधिकारीको आदेशमा उल्लेख गरिएको छ ।

त्यस्तै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र पसल सञ्चालन गुर्नपर्ने सर्त राखिएको छ ।

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ४ : ५९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई