२० बैशाख २०८१, बिहिबार | May 3, 2024

अधिकांश मिनिमार्ट नियम विपरीत सञ्चालन



भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिले आज जिल्लाका विभिन्न खाद्यान्न स्टोर एवं मिनीमार्टमा गरेको अनुगमनमा अधिकांश पसलमा म्याद गुज्रेको सामान फेला परेको छ ।

समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा देग ग्रोसरी मार्ट, स्वःनिग मिनिमार्ट, महालक्ष्मी ट्रेडर्स, गोसाई स्टोर, एस आर स्टोर, वेलकम मार्केट दर्ता नगरी सञ्चालन भएको र म्याद गुज्रेको खाद्य पदार्थ बिक्रीमा राखेको पाकेजिङ सामानमा लेबल नराखी बिक्री गरेको पाइएको छ ।

खुर्सानीको धुलो, बिस्कुट, पिठो, बिभिन्न खाद्य एवं पेय पदार्थ, ल्याक्टोजेन दुध, वेशन, हाइजेनिक मःमः, पिठो, चाउचाउ, पापड ३२ किलो ८०० ग्राम जफत गरी नष्ट गरिएको समितिका संयोजक गोराले जानकारी दिए ।

त्यसैगरी साख मल्टी स्टोर मिनिमार्ट दर्ता नगरी सञ्चालन गरेको, म्याद गुज्रेका विभिन्न ब्राण्डका विस्कुट ४८ प्योकट फ्रुट, केक, तेल, ग्लुकोज डी, डिडिसी ध्यू, भुटेको तेललगायत सामानहरु जपत गरी नष्ट गरेको छ । बजार अनुगमनका क्रममा अधिकांश पसलहरु अनियमितत तरिकाले सञ्चालनमा रहेको पाइएको छ ।

प्याकेज गरिएका सामानमा लेवल नराखेकाले म्याद गुज्रेको सामानहरु खाद्य विभागमा अनुज्ञा पत्र लिई लेबल राखेर मात्रै बिक्री गर्न र म्याद नाघेको सामानहरुलाई बिक्री कक्षमा नराख्न, तराजु नापतौल विभागमा नवीकरण गर्न, सरसफाइमा ध्यान दिई पसल व्यवस्थित गर्न, बिल दिने व्यवस्था गर्न निर्देशन दिएको अनुगमन समितिका रामकृष्ण प्रजापतिले जानकारी दिए । रासस

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ५ : १७ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक