४ पुस २०८२, शुक्रबार | December 19, 2025

गण्डकी प्रदेशमा ३४३ जना संक्रमित थपिदा ८४२ जना संक्रमणमुक्त, १२ जनाको मृत्यु



पोखरा । गण्डकी प्रदेशमा आज सोमबार ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका १ हजार १७३ जनामा गरिएको नमुना परीक्षणमा ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका नौ जिल्लाका छन् । जस अनुसार कास्कीका ५८ जना, तनहुँका पाँच जना, गोरखाका ३० जना, लमजुङका ३५ जना, नवलपुरका ५१ जना र स्याङ्गजाका एक जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, पर्वतका ३८ जना, बागलुङका १२० जना र म्याग्दी जिल्लाका पाँच जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ५० हजार ६४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशबाट ८४२ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ४४ हजार ४६१ पुगेको छ ।

सोमबार पनि गण्डकी प्रदेशमा थप १२ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा कास्कीका एक जना, तनहुँका एक जना, लमजुङका दुई जना, नवलपुरका तीन जना, पर्वतका दुई जना, म्याग्दीका एक जना र मुस्ताङ्ग जिल्लाका दुई जना छन् ।

आज मृत्यु भएकासंगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८५० पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ५ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको