१० चैत्र २०८२, मंगलबार | March 24, 2026

गण्डकी प्रदेशमा ३४३ जना संक्रमित थपिदा ८४२ जना संक्रमणमुक्त, १२ जनाको मृत्यु



पोखरा । गण्डकी प्रदेशमा आज सोमबार ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका १ हजार १७३ जनामा गरिएको नमुना परीक्षणमा ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका नौ जिल्लाका छन् । जस अनुसार कास्कीका ५८ जना, तनहुँका पाँच जना, गोरखाका ३० जना, लमजुङका ३५ जना, नवलपुरका ५१ जना र स्याङ्गजाका एक जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, पर्वतका ३८ जना, बागलुङका १२० जना र म्याग्दी जिल्लाका पाँच जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ५० हजार ६४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशबाट ८४२ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ४४ हजार ४६१ पुगेको छ ।

सोमबार पनि गण्डकी प्रदेशमा थप १२ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा कास्कीका एक जना, तनहुँका एक जना, लमजुङका दुई जना, नवलपुरका तीन जना, पर्वतका दुई जना, म्याग्दीका एक जना र मुस्ताङ्ग जिल्लाका दुई जना छन् ।

आज मृत्यु भएकासंगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८५० पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ५ : ३६ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११