१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला, विजेताले १ लाख रुपैयाँ पाउने



काठमाडौं । नेपाल क्रिकेट संघ ‘क्यान’ र राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक ‘माई सेकेन्ड टिचर’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला गरेको छ ।

‘क्यान’ र ‘माई सेकेन्ड टिचर’ले सोमवार संयुक्त रूपमा राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन प्रतिस्पर्धा खुल्ला गरेको जानकारी दिएका हुन । गत वैशाख महिनामा सम्पन्न त्रिकोणात्मक टी-ट्वेन्टी शृङ्खलामा नेपाली टोलीले लगाएको जर्सीको चौतर्फी आलोचना भएको थियो ।

सो कारण ‘क्यान’ र ‘माई सेकेन्ड टिचर’ले संयुक्त रूपमा जर्सी डिजाइन प्रतिस्पर्धा आयोजना गरेका हुन । जर्सी डिजाइन गर्दा जर्सीको अगाडि र पछाडिको भाग दुवैलाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नियम अनुसार डिजाइन गर्नु पर्ने शर्त राखिएको छ ।

त्यस्तै नेपालको झण्डाको रातो र निलो रङ्ग झल्किने गरी जर्सी डिजाइन गर्नु पर्ने अनिवार्य नियम राखिएको छ । यी सबै मापदण्ड पूरा गरेर जर्सी डिजाइन गर्ने विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन ।

‘माई सेकेन्ड टिचर’लाई नेपाली क्रिकेट टोलीको मुख्य प्रायोजक बनाउने विज्ञापन एजेन्सी ‘एडप्याड’ले विजेतालाई १ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको हो । विजेता छनौट समितिमा ‘क्यान’कातर्फबाट दुई र ‘एडप्याड’कोतर्फबाट एक जनाले प्रतिनिधित्व गर्नेछन ।

सो जर्सी नेपाली राष्ट्रिय क्रिकेट टोलीले जुलाईमा हुने ‘विश्वकप लिग २’ प्रतियोगितामा प्रयोग गर्नेछ। सो प्रतियोगिता नेपाल, स्कटल्यान्ड र नामिबियाबिच स्पेनमा खेलिने कार्यक्रम रहेको छ ।

आफ्नो जर्सी डिजाइन बुझाउने अन्तिम मिति ‘आषाढ ३’ गते बिहीवार रहेको छ । डिजाइन क्यानको ईमेल आईडी [email protected] मा बुझाउन सकिनेछ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ५ : ५० बजे

तिब्बतमा सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

ल्हासा । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा

चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि

लुम्बिनीका होटल व्यवसायी आन्दोलित

भैरहवा । पटक पटक अन्दोलित बनेका लुम्बिनी क्षेत्रका होटल व्यवसायी

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय

खुमबहादुर खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइयो, उनको योगदान अतुलनीय छ : सभापति देउवा

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर