२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

युरोकप फुटबल : पोल्याण्ड पहिलो खेलमै स्लोभाकियासँग पराजित



काठमाडाैं । जारी युरोकप २०२० फुटबलमा पोल्याण्ड पहिलाे खेलमै पराजित भएकाे छ । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा समूह ‘ई’ अन्तर्गत साेमबार राति भएकाे खेलमा पोल्याण्ड स्लोभाकियासँग १-२ ले पराजित भएकाे हाे ।

१० खेलाडीमा सिमित पोल्याण्डविरुद्ध १८ औं मिनेटमा स्लोभाकियाले आत्मघाती गोलबाट अग्रता लिएकाे थियाे । रोबर्ट म्याकले पेनाल्टी क्षेत्र भित्र गरेको प्रहार गोलरक्षक वोजचिएक सेचेज्नीले बल बचाउने प्रयास गर्दा उनलाई लाग्दै गोल भएको थियो । दोस्रो हाफको पहिलो मिनेटमा नै पोल्याण्डले बराबरी गोल फर्कायाे ।

मासिए रिबसको पासलाई क्यारोल लिनेतिले सहजै गोल गरे । पोल्याण्ड ६२औं मिनेटमा १० खेलाडीमा समेटियो । मिडफिल्डर ग्रेगोर्ज क्रिकोवियकले दोहोरो पहेंलो कार्ड पाएपछि टोली पुन: दबाबमा परेको थियो । ६९ औं मिनेटमा स्लोभाकियाले अग्रता लियो। कर्नरमा आएको बललाई डिफेन्डर मिलान स्क्रिनियारले गोलमा परिणत गरे । खेलको अन्तिम समयतिर पोल्याण्डले एकपछि अर्को आक्रमण गरेपनि गोलरक्षक मार्टिन डुब्राभ्काले लगातार बचाउ गर्दै टोलीलाई जित दिलाए ।

जितसँगै स्लोभाकियाले ३ महत्त्वपूर्ण अंक जोडेको छ । यसै समूहको अर्को खेलमा केही बेरमा स्विडेन र तीन पटकको च्याम्पियन स्पेन भिड्दैछन । स्पेनको घरेलु मैदान स्टेडियो डे ला कार्टुजामा खेल राति १२:४५ बजेबाट शुरु हुनेछ । यसअघि क्वालिफायरमा पनि स्पेन र स्वीडेनबीच खेल भएको थियो । दुई लेगको खेलमा घरेलु मैदानमा स्पेन विजयी भएको थियो । स्वीडेनमा भएको खेल भने स्पेन १-१ को बराबरीमा रोकिएको थियो ।

कोरोना संक्रमण भएपछि स्पेनका कप्तान सर्जियो बुस्केट अहिले सेल्फ आइसोलेसनमा छन् । उनले यो खेल गुमाउने छन् । यस्तै, कोरोना संक्रमणबाट मुक्त भएका डिएगो लरेन्टे भने खेल्ने सम्भावना छ । यता, स्वीडेनले डेजान कुलुसेभ्सी र माथियस स्भानवर्ग कोरोनाका कारण गुमाएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ६ : ३० बजे

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री

वीरगन्ज महानगर प्रहरीप्रमुख भुसाल र सहायक निरीक्षक लुइटेल जिम्मेवारीबाट हटाइए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने