२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

लुम्बिनी प्रदेश सरकारको बजेट आज, प्रदेशमा नयाँ योजना प्रस्ताव नहुने



बुटवल । सातवटा प्रदेशसँगै लुम्बिनी प्रदेश सरकारले पनि प्रदेशसभामा आज (मंगलबार) आगामी वर्ष २०७८/७९ को लागि बजेट तयारी पुरा गरेको छ । संघीय सरकारले आफै संसद विघटन गरेर अध्यादेश मार्फत बजेट ल्याएपनि प्रदेश सरकारले भने प्रदेश सभामा नै बजेट प्रस्तुत गर्न लागेको हो ।

लुम्बिनी प्रदेश सरकारले बजेटको आकार गत वर्षको भन्दा वृद्धि हुुने जनाएकोे छ । कोरोना नियन्त्रण र थला परेको अर्थतन्त्रलाई उकास्ने गरी आगामी वर्षका लागि ३८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी भएको बताईएको छ । लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्ष २०७७/७८ को लागि मुख्यमन्त्री शंकर पोखरेलले ३६ अर्ब ३५ करोड रूपैयाँ बराबरको बजेट प्रस्ताव गरेका थिए ।

आइतबार बसेको प्रदेशसभाको बैठकले प्रदेश नीति तथा कार्यक्रम बहुमतले पारित गरेसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको हो । असार १ मा संवैधानिक रूपमा प्रदेशले बजेट ल्याउनुपर्ने व्यवस्था छ । मंगलबार दिउँसो ३ बजे प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बजेट प्रस्तुत गर्नेछन् । लुम्बिनी प्रदेशमा यस अघि आर्थिक मामिला मन्त्रीका हैसियतले मुख्यमन्त्री पोखरेल आफैले बजेट भाषण गर्दै आएका थिए ।

प्रदेश स्थापना भएदेखि नै आर्थिक मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पोखरेल आफैले सम्हाल्दै आएका थिए । नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रदेशको सत्ता समिकरण फेरबदल भएपछि मात्र पोखरेलले वैशाख १९ मा वैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी सुम्पेका थिए ।

गत वर्षको प्रकृतिसँग खासै फरक नहुने गरि कोरोना नियन्त्रण, उपचार, स्वास्थ्य पूर्वाधार निर्माण र उत्पादनलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिएको मन्त्री बैजनाथ चौधरीले बताए । गत वर्षदेखि सुरु भएको कोरोना महामारी यसवर्षपनि कायम रहेकाले बजेट कार्यान्वयन यस पटक पनि त्यस्तै हुने मन्त्री चौधरीको आँकलन रहेको छ ।

कोरोना नियन्त्रणलाई केन्द्रमा राखेर बजेटको ठूलो हिस्सा त्यसैमा छुट्याईएको उल्लेख गर्दै मन्त्री चौधरीले यो पटक नयाँ योजना केही नथपिएको जानकारी दिए । ‘गत वर्षको भन्दा बजेटको आकार केही मात्रामा बढेर आउनेछ,’ मन्त्री चौधरीले भने, ‘तर, यो पटक नयाँ योजना केही थपिने छैनन्, पूराना अधुरा योजनालाई पूरा गर्ने गरी बजेट आउनेछ ।’

बजेटमा कोरोना नियन्त्रणका लागि उपचार, परीक्षण, जनशक्ति व्यवस्थापनमा बिशेष रुपमा सम्बोधन गर्ने गरी बजेट छुट्याइएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना महामारीबाट पुर्नउत्थान गर्ने गरी स्वास्थ्यपछि कृषिलाई लुम्बिनी प्रदेश सरकारले विशेष महत्व दिएको छ । कृषि प्राविधिक सेवामा किसानको पहुँच नभएकाले वडा तहमै प्राविधिकको उपलब्धता सुनिश्चित गर्ने कार्यक्रम बजेटमा उल्लेख गरिएको छ ।

चालु आर्थिक वर्षमा नयाँ ठूला आयोजनाहरु समावेश गरिएको भएपनि आगामी वर्षको बजेटमा ठूला योजनाहरु प्रस्ताव नगरिएको मन्त्रालय स्रोतले उल्लेख गरेको छ । मुख्यमन्त्री पोखरेलले चालु आर्थिक बर्षको बजेट विषेशगरि स्वास्थ्य, कृषिलाई नै प्राथमिकतामा राखेर ल्याएका थिए ।

 

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ९ : ५१ बजे

रोल्पामा पहिरोले घररगोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते : थप विवरण आउन बाँकी

रोल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका-५

प्रचण्डद्वारा पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार

पाँच महिनापछि स्वदेश फर्किंदै देउवा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

देशभर मनसुनी प्रभाव, केही प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्