२९ मंसिर २०८२, सोमबार | December 15, 2025

मुख्यमन्त्री शंकर पोखरेलबाट आयो भूम्या पर्वको शुभकामना



बुटवल । रोल्पा र रुकुमका खामभाषी मगर समुदायले मनाउने भूम्या पर्वका अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शुभकामना व्यक्त गरेका छन् । विविधतायुक्त नेपाली समाजमा जाति र समुदायले मनाउने पर्वले एकता, सद्भाव र मेलमिलापको वातावरण बनाउन भूमिका खेलेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले शुभकामनामा भूम्या पर्व लुम्बिनी प्रदेशको विशेष सांस्कृतिक पर्व भएको बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले भूम्या पर्व मार्फत खाम संस्कृतिको पहिचान र संरक्षणमा सघाउ पुगेको बताउँदै खाम संस्कृति समुदाय र क्षेत्र विशेषको मात्रै नभएर नेपाली समाजको महत्वपूर्ण संस्कृतिको रुपमा पहिचान स्थापित भएको उल्लेख गरेका छन् । भूम्या पर्व प्रकृतिसंग सम्बन्धित रहेको बताउँदै उनले भूम्या पर्वले प्रकृति र मान्छेबीचको गहिरो सम्बन्ध उजागर गरेको बताएका छन् । ‘प्रकृतिले हामीलाई दिएका अमूल्य उपहार माटो,पानी,जीवजन्तु र रुखविरुवाको संरक्षण र सही उपयोग गर्न सक्दा मात्रै हाम्रो जीवन सरल र सहज रुपमा अघि बढ्न संभव छ ।’ उनले शुभकामना सन्देशमा भनेका छन्, – ‘प्रकृतिप्रति माया र संरक्षण गर्दा भावी पुस्ताका लागि अमुल्य उपहार हुन्छन् ।’

पोखरेलले प्रदेश सरकारले भूम्या पर्वको सांस्कृतिक महत्वलाई सम्मान गर्दै आज असार १ गते रोल्पा र रुकुममा स्थानीय बिदा दिने निर्णय गरेको जनाउँदै लोकतन्त्रलाई सबै समुदाय र वर्गका नागरिकको जीवनपद्दती बनाउन खोजिएको दाबी गरेका छन् ।

भूम्या पर्वको अवसरमा प्रदेश सरकारले रोल्पा र रुकुममा आज सार्वजानिक बिदा दिएको छ । हरेक वर्ष असार १ गते खाम मगरभाषी समुदायले भूम्या पर्वकारुपमा मनाउंदै आएका छन् ।

 

 

 

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १० : ४२ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले