११ बैशाख २०८१, मंगलबार | April 23, 2024

मनसुन प्रवेशसँगै बाढीको वितण्डा सुरु; मनाङको तालगाउँ डुवानमा, विद्युतगृह र बेलिब्रिज बगायो



लमजुङ । मनसुन सुरु भएसँगै बाढी र पहिरोको जोखिम बढ्न थालेको छ ।

सोमबार साँझदेखि निरन्तर भिषण वर्षा हुँदा मस्याङ्दी नदीमा आएको बाढीले मनाङको नासो गाउँपालिका वडा नं. १ स्थित तालगाउँको आधा वस्ती नै डुवानमा परेको छ । बस्तीमा बाढी छिरेपछि स्थानीय बासिन्दाहरु पहरामुनी गएर रात बिताउन बाध्य भएका छन् । गाउँमा टेलिफोन सेवा पनि अवरुद्ध भएको छ ।

यस्तै, तिमाङखोलमा आएको बाढीले चामे गाउँपालिका १ स्थित बेलिब्रिज बगाएको छ । यसैगरी तिमाङखोलामै रहेको ३२ किलोवाट क्षमताको स्याल्क्युखोला लघुजलविद्युत् गृह बगाएको छ । त्यस्तै सदरमुकाम चामेमा ४ वटा घर बाढीले बगाएको क्षति पुर्‍याएको छ ।

सदरमुकाम चामेमा पनि स्थानीय घट्टेखोलाको बाढीले चारवटा घर बगाएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । खोलाले बगाएर ल्याएको ढुंगामुढाले पुल थुनिँदा बाढी बस्तीतिर छिरेको छ ।

बाढीपहिरोको अवस्थालाई मध्यनजर गर्दै उद्दारका लागि तयारी अवस्थामा बस्न र जहाँ समस्या छ त्यहाँ तत्काल मुभ हुन स्थानीय प्रहरी इकाईलाई जिल्ला प्रहरी कार्यालयले निर्देशन दिएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ११ : ५७ बजे

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान