२१ भदौ २०८३, आइतबार | September 6, 2026

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्वीप



सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न नेकपा एमाले प्रदेश संसदीय दलले ह्वीप लगाएको छ ।

एमाले संसदीय दलको आज बसेको बैठकले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप लगाएको हो । तर, कर्णाली प्रदेश सरकामा विगतमा समेत ह्वीप उल्लंघन गरेर फ्लोर क्रस गरेका एमालेकै तीन जना मन्त्रीसमेत रहेका छन् ।

अम्मरबहादुर थापा, कुर्मराज राज शाही र नन्द सिंह बुढाले आफु संलग्न सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान नगर्ने बताइसकेका छन् । संसदीय दलको बैठकमा उपस्थित भएका अर्का सांसद र एवं पूर्वमन्त्री प्रकाश ज्वालाले विवाद माथिदेखि नै भएका कारण संसदीय दलबाट समाधान हुन नसक्ने बताएका छन् ।

सर्वोच्च अदालतले चार सांसदको पद बहाली गरेपछि एमाले संसदीय दलका नेता यामलाल कँडेलले उनीहरुलाई प्रतिपक्षमा बस्न निर्देशन दिएका थिए । एमालेकै अनुरोधमा प्रदेशसभा सचिवालयले समेत चार सांसदलाई प्रतिपक्षमै बस्ने गरी वेञ्चको व्यवस्था गरेको छ ।

अहिले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् । त्यसपछि नीति तथा कार्यक्रममाथि मतदान हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ३ : ०७ बजे

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७