२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

कार्यकर्तालाई कांग्रेस सभापति देउवाको निर्देशन : तत्काल आ-आफ्नो क्षेत्रबाट उद्दार कार्यमा खटिनू



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरोले क्षति पुर्याएका स्थानमा उद्धार र राहतमा खटिन कार्यकर्तालाई निर्देशन दिएका छन ।

देशका विभिन्न क्षेत्रमा बाढीपहिरोले क्षति पुर्‍याएकाले तत्काल आ–आफ्नो क्षेत्रबाट उद्धार र राहतमा खटिन नेता तथा कार्यकर्ताहरुलाई सभापति देउवाले निर्देशन दिएका हुन ।

आज बिहान सामाजिक सञ्जाल ट्विटर सन्देश जारी गर्दै सभापति देउवाले आवश्यक राहत प्याकेज घोषणा गर्न सरकारलाई समेत आग्रह गरेका छन् ।

देउवाले लेखेका छन्, ‘केही दिनदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा क्षति हुन थालेको छ । कठिन अवस्थामा नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरूलाई तत्काल आ-आफ्नो क्षेत्रमा उद्धार र राहतमा खटिन निर्देशन गर्दछु । सरकारलाई तत्काल विपदमा परेका जनतालाई उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरूलाई आवश्यक राहत प्याकेज घोषणा गर्न माग गर्दछु ।’

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ९ : १३ बजे

एमाले ११ औँ महाधिवेशनअघि अध्यक्ष ओली आज सम्पादकसँग छलफल गर्दै

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

रवि लामिछाने र छविलाल जोशीको आज उच्च अदालत बुटवलमा आजका लागि पेसी

बुटवल । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामै रहेका

किसानलाई दूधमा दश रुपैयाँ अनुदान

दमौली । भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १०

दाङमा बस दुर्घटना, २२ यात्री घाइते

दाङ । डडेल्धुराबाट काठमाडौंतर्फ गइरहेको ना ८ ख ७४५५ नम्बरको

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा