८ बैशाख २०८१, शनिबार | April 20, 2024

नर्भिक पुगेर वरिष्ठ नेता जेएनलाई भेटे एमाले महासचिव पोखरेलले



काठमाडौं । एमाले विवादमा विपक्षीहरुप्रति अलि कडा देखिने गरेका महासचिव ईश्वर पोखरेलले बिरामी भएर उपचारका लागि दिल्ली जान लागेका पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाललाई अस्पताल पुगेर भेटेका छन् ।

नेता खनाल थप उपचारका लागि दिल्ली जाने तयारी गरिरहेका बेला एमाले महासचिव पोखरेलले बुधबार खनाललाई थापाथलीस्थित नर्भिक अस्पताल पुगेर भेट गरेका हुन् ।

अध्यक्ष ओलीले पार्टीबाट निष्काशन गरेको भएपनि महासचिव पोखरेलले फेसबुकमा नेता खनाललाई पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता भनेर सम्बोधन गर्दै खनालको स्वास्थ्य लाभको कामना गरेका छन् । उनले नेता खनालको अवस्थाबारे जानकारी लिएको समेत जानकारी गराएका छन् ।

भेटमा नेता खनालले महासचिव पोखरेललाई ‘तपाईंले पार्टी मिलाउनुस् कमरेड १’ भनेर आग्रह गरेको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जनाएका छन् । जवाफमा पोखरेलले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै छिट्टै निको भएर आएपछि सल्लाह गर्ने बताएको पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन् ।

नेता खनाललाई नेपाल एयरलाइन्सको जहाजमार्फ़त थप उपचारका लागि आजै भारतको नयाँ दिल्ली लगिएको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १ : ३२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल