१८ चैत्र २०८२, बुधबार | April 1, 2026

उपचारका लागि दिल्ली जानुअघि झलनाथको अपील : अहंकार र बदलाभाव त्यागेर पार्टी फुटबाट जोगाऔं



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले रिस, राग, अहंकार र बदलाभाव त्यागेर  पार्टीका बैधानिक प्रकृया अन्तर्गत पार्टी फुटबाट जोगाउन आग्रह गरेका छन् ।

स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि भारतको राजधानी दिल्ली जानु अघि प्रेस विज्ञप्ति निकाल्दै नेता खनालले पार्टीलाई फुटतर्फ नधकेलेर धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौ भने मात्र नेपाली कम्युनिष्ट आन्दोलनले सफलता पाउने बताएका छन् ।

उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याको कारण डाक्टरहरुको सल्लाहमा देश बाहिर उपचार जान लागेको जानकारी दिँदै नेता खनालले देशको विथोलिएको वर्तमान राजनैतिक अवस्थाले आफुलाई धेरै चिन्तित बनाएको उल्लेख गरेका छन् ।

उनले राजनैतिक दलहरु विवाद र ध्रुविकरणले विभाजन उन्मुख भएको उल्लेख गर्दै अन्तर संघर्षको पराकम्पन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदै नेकपा (एमाले) मा परिरहेको बताएका छन् ।

नेता खनालले राष्ट्रिय एकता-अखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुभित्र बिग्रह हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपुर्ण अवस्था भएको समेत बताएका छन् । ‘देशका प्रमुख दलहरु र तिनका नेताहरु विचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्दछ ।’ उनले भनेका छन् , – ‘हामि सबै एकजुट भएर मुलुकका मुलभुत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहान्छु ।’

उनले टुट-फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडी बढ्न सबैलाई आह्वान गरेका छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १ : ५९ बजे

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”

लायन्स क्लब अफ बुटवल तिलोत्तमा र तिलोत्तमा मायादेवीमा नयाँ नेतृत्व चयन

बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमा र लायन्स क्लब