७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

नेपाल एसियन कप छनोटको तेस्रो चरणमा, प्लेअफ खेल्न नपर्ने



काठमाडौं । सन् २०२३ मा चीनमा आयोजना हुने एसियन कप प्रतियोगिताको लागि नेपालले सिधै तेस्रो चरणमा स्थान पक्का गरेको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले छनोट प्रक्रिया परिमार्जन गरेसँगै नेपालले ‘प्लेअफ’ खेल नखेलि सोझै तेस्रो चरणको खेल खेल्न पाउने भएको छ । एसियन कप आयोजना गर्ने राष्ट्र ‘चीन’ तथा विश्वकप २०२२ आयोजना गर्ने साविक एसियन कप विजेता ‘कतार’ले स्वतह एसियन कप छनोटमा स्थान बनाउँदा विश्वकप छनोटको दोस्रो चरणको समूह खेलमा चौथो स्थानमा रहन सफल टोलीले पनि ‘प्लेअफ’ खेल्नु नपर्ने भएको ‘एएफसी’ले जनाएको छ ।

त्यस्तै दोस्रो चरणको विश्वकप छनोटमा पाँचौं स्थान हासिल गर्ने शीर्ष तीन टोलीलाई पनि ‘एएफसी’ले एसियन कपमा सिधै तेस्रो चरणमा स्थान दिएको छ । अब पाँचौं स्थानमा रहेका पनि चार पुछारका टोलीले मात्र ‘प्लेअफ’ खेल खेल्ने छन् ।

‘प्लेअफ’ खेल्ने राष्ट्रमा चाइनिज ताइपेइ, इन्डोनेसिया, कम्बोडिया र गुवाम परेका छन् । यस अघि ‘एएफसी’को समीक्षा अनुसार दोस्रो चरणको विश्वकप छनोटमा चौथो स्थान प्राप्त गर्ने टोलीले पनि ‘प्लेअफ’ खेल्नु पर्ने नियम थियो । त्यसो हुँदा एसियन कप २०२३ को लागि नेपालको ‘प्लेअफ’को झिनो आशा मात्र बाँकी रहेको थियो ।

एसियन कप २०२३ चीनमा जुन १६ देखि जुलाई १६ सम्म आयोजना हुने कार्यक्रम रहेको छ । त्यस्तै ‘प्लेअफ’का खेलहरु आगामी सेप्टेम्बर ७ र अक्टोबर १२ मा दुई लेगको खेलमा सम्पन्न हुनेछन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ३ : २९ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२